प्रतिक श्रेष्ठ/ ३३ किलो सुन काण्डमा मुछिएका सनम शाक्यको हत्या अभियोगमा ३८ जनाविरुद्ध मोरंङ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अवैधरुपमा आयात गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा पुर्व डिआइजी सहित ३८ जनामाथि अनुसन्धान अघि बढाएको हो ।

३८ जनामा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २१ जना फरार छन् । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चूणामणि उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका १७ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । अन्य २१ जना विरुद्ध पनि सोही मुद्दामा खोजी अघि बढाएको छ । तर हत्या भएको यतीका महिना बितीसक्दा पनी मुद्धा टुंगो लाग्न सकेको छैन यता जिल्ला प्रशासन कार्यालय मोरङले भने अबको एक साता भित्र मुद्धा टुंगो लागी सक्ने दावी गरेको छ ।

गत फागुन १९ गते शाक्यको शव विराटनगर–३ मा राखिएको स्करपियोभित्र फेला परेको थियो । उर्लाबारी घर भएका शाक्यको हत्या पछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरी अनुसन्धानको क्रम अघि बढाएको छ । छानविन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको टोली विराटनगर आएपछि गत चैत २६ गते जिल्ला अदालत मोरङबाट पक्राउ परेका १७ जना विरुद्ध अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिएको थियो । पक्राउ परेका १७ सहित ३८ जनाको सम्पत्ति रोक्का पनि समेत गरीएको छ ।

प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोवार रोक्का गर्न अदालतसंग आदेश मागेको थियोे । अदालतले चैत २६ गते नै अनुसन्धानका लागि ३८ जनाको बैक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो । संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार अदालतले रोक्का गर्न अनुमति दिएको हो ।

पक्राउ परेका १७ सहित प्रहरीको खोजी सूचीमा रहेका चुणामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मियाँ (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोवार रोक्न अदालतले अनुमति दिएको हो ।

सनम शाक्यको मृत्यु भएपछि अनुसन्धानका लागि गठित समितिले विभिन्न मितिमा पक्राउ गरेका १७ मा १ जनालाई १६ दिन र बाँकीलाई १५ दिन म्याद राखेर अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले चाचाजी भन्ने महावीर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङ्गे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरु मध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

अहिले मोहनकुमार अग्रवाल (एमके), चूणामणि उप्रेती (गोरे) रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (नीरु) , दुर्गा खरेल (उप्रेती)

, भीमकुमारी खरेल , डोलेन्द्रप्रसाद खरेल , कृष्ण बस्नेत, मोहमद उस्ताम मियाँ (रुस्तम) , भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, रक्षा भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतम रहेका छन् ।

उता हिरासतमा महावीर गोल्यान (चाचा जी), सम्रवीरप्रसाद तोलाङ्गे, मदनप्रसाद घिमिरे(माधव), गोपालकुमार श्रेष्ठ, दोराम खत्री

बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, लाक्पा शेर्पा, कपिलराज पुरी, हेमन्त गौतम, पुन्यप्रसाद लामा(तक्लु), लालबहादुर मगर, राजु मर्हजन, भुजुङ गुरुङ, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की ‘कृष्ण’ रहेका छन् ।

तपाईको प्रतिक्रिया