सिरहा । डिभिजन सडक कार्यालय, लहान सिरहा मार्फत चोहर्वा सिरहा माडर सडक अन्तरर्गत माडरमा विटुमिन प्रिमिक्स कार्पेटिङ्ग (सडको दुर्व छेउमा ढकन नाला, सडकमा माटो, ग्रेवल र पिचिङ्ग) १ दशमलव ९ किलोमिटर कार्यको लागि रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर–४, धनुषाले मिति २०७४÷६÷२९ गते मु.अ.क. सहित ४ करोड ९३ लाख ६१ हजार ७६ पैसामा मिति २०७५÷९÷२९ गते (१५ महिना) सम्ममा कार्य सम्पन्न गर्ने गरी सम्झौता छ ।
उक्त कार्य सिरहा नगरपालिकाको वडा नं. १७ को खैरटोका भन्सार देखि १ दशमलव ९ सय किलोमिटरमा सडकको दुवै छेउमा नाला, सडकमा माटो, ग्रावेल र पिचिङ्ग सहितको कार्यको लागि काम शुरु गरी पुरानो सडकको ईटा निकाल्ने कार्य सम्पन्न गरेको छ । नेपाल सिमाको अन्तिम प्वान्टबाट सडकको दुर्व साइड नाला निर्माणको कार्य समेत शुरु गरी सकेको हो । उक्त नालामा सडकबाट निकालेको पुरानो ईटा, दुई नम्बर र मिठापाक ईटा प्रयोग गरी निर्माण गरी रहेको र सडकमा धुलै धुलो भएको थियो । पछि स्थानीयहरु निर्माण व्यवसायीलाई पटक पटक धुलै धुलो भएको सडकमा पानी हाल्न र दुई नम्बर र मिठापाक ईटा प्रयोग नगर्न आग्रह गर्दा समेत नमान्दा स्थानीयहरु फाल्गुन १५ गते काम बन्दगराई निर्माण भएको नालाको गुणस्तर जाँच गर्न र धुलै धुलो भएको सडकमा पानी नहाले सम्म काम गर्न नदिने भनी काम बन्द गराएका थिए । पछि सडक डिभिजन कार्यालय लहानले त्यहा सम्झौता भएको १ दशमलव ९ सय मिलोमिटरमा निर्माण हुने नाला मध्ये ५ सय मिटर कट्टागरी सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीमा निर्माण गर्ने र पछि गुणस्तर जाँच गर्ने भनी बाँकी काम शुरु गरेका छन् ।
निर्माण व्यवसायीले बदमासी गरेकै हो । सिरहा नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले हामीले बारम्बार धुलाम्मे सडकमा पानी हाल्न भन्दा उल्टै भन्छ की पानी हाल्ने सम्झौतामा उल्लेख नगरेको जानकारी दिए । सडक निर्माण कार्य गर्दा सडकमा उडिरहेको धूलोले सर्वसाधारणहरुको आवत जावतमा समेत कठिनाई भईरहेको छ । भने साना साना बालबालिकाहरु विद्यालय पढन जाँदा समेत उनीहरुलाई अप्ठयारो भई रहेको छ । भने उनीहरुलाई स्वास्थयमा समस्या समेत उत्पन्न हुने छ ।
हामीलाई दैनिक कार्यालय आउन अप्ठयारो भई रहेको छ । किनकी सडकमा धुलै धुलो भएकोले कार्यालय आउन दैनिक एकसेट कपडा लिएर आउनु पर्ने बाध्यता छ । भने कार्यालयमा बस्न समेत अप्ठ्यारो भईरहेको छ । कार्यालयमा बस्ने समेत धुलोले गर्दा बस्न सकिने अवस्था रहेको छैन ।
नाला निर्माणको क्रममा निर्माण व्यवसायीले बदमासी गरेकै हो किनकी हामीले पटक पटक पुरानो ईटा र दुई नम्बर, मिठापाक ईटा प्रयोग नगर्न भन्दा पनि मानेन ।
गुणस्तरहिन सामग्रीको प्रयोग गरी बन्दै गरेको नाला भत्किन थाले
तर, उक्त कार्यमा निर्माण व्यवसायीले सौझाता विपरीत पुरानो सडकबाट निकालेको ईटा, दुई नम्बर ईटा र सिमेन्टको मात्रा कम गरी कार्य शुरु गरिरहेका थिए र सडकबाट पुरानो ईटा निकालेपछि धूलो धूलै भएको सडकमा आवत जावत गर्न कठिनाई भएको र पुरानो ईटा किन प्रयोग गरेको भन्दै स्थानीयहरु फाल्गुन १५÷१६ गते काम रोकेपछि उक्त ठेक्काबाटै ५ सय मिटर नाला कट्टागरी सडक डिभिजन कार्यालय लहानले सिरहा नगरपालिकाको वडा नं. ११ भलुवाहीमा सडकको दुवै छेउ २ सय ५० मिटरका दरले जम्मा ५ सय मिटर नाला निर्माण गर्ने चैत्रमा शुरु गरेको हो । नाला निर्माणको शुरुमै एक नम्बर ईटा र पछि दुई÷मिठापाक ईटा सिमेन्टको मात्रा कम गरी निर्माण गरी रहेको भनी सडक डिभिजन कार्यालय लहानमा गुनासो गरेका थिए । तर, सडक डिभिजन कार्यालय लहानले कुनै चासो राखेन । र, मंगलबार राती भएको सामान्य वर्षाको कारणले करिब २५ मिटर नाला भत्किएको छ ।
सम्झौता अनुसारको नाला निर्माण भएको हो । नाला निर्माणमा कुनै किसिमको गुणस्तरहिन सामग्रीको प्रयोग नभएको सडक डिभिजन कार्यालय लहानका साइड ईन्जिनियर नितिन झाले
बताए । नाला भत्किनुको कारण नालाको साइडमा माटो फिलिङ्ग नभएकोले नाला भत्किएको भनी इन्जिनियर झाले बताए । र सिरहाको खैरटोका माडर निर निर्माण गरिएको नालामा स्थानीयहरुको गुणासो पछि आफूहरु पनि बुझ्दा पुरानो सडकबाट निकालिएको पुरानो ईटा नाला निर्माणमा प्रयोग गरिएकोले करिब ७२ हजार ५ सय कट्टा गरी हालसम्म एक करोड १६ लाख २४ हजार ६ सय ६ रुपैया उक्त निर्माण कम्पनीलाई भुक्तानी दिएको हो र अरु त्यस्तो दुई नम्बर ईटा वा मिठापाक ईटा प्रयोग नगरेको निर्माण व्यवसायीका प्रतिनिधी साइड ईन्चार्ज राम कुमार साहले बताए ।
सिरहा मार्फत चोहर्वा सिरहा माडर सडक अन्तरर्गत माडरमा विटुमिन प्रिमिक्स कार्पेटिङ्ग (सडको दुर्व छेउमा ढकन नाला, सडकमा माटो, ग्रेवल र पिचिङ्ग) कार्य अन्तर्गत हामीहरुलाई थाहा नभएर सडकबाट निकालिएको पुरानो ईटा प्रयोग गरेका हौं र पछि स्थानीयहरुले बिरोध गर्दा आफु बुझ्दा पुरानो ईटा प्रयोग गर्न नभनेकोले आफुहरु अब पुरानो ईटा प्रयोग गर्न बन्द गरेका छौं ।
नाला निर्माणको क्रममा केही दुई नम्बर ईटा र मिठा पाक ईटा प्रयोग भको छ । किनकी ईटा भट्टाबलाले आफूहरुलाई थाहा नदिएर दुईनम्बर र मिठापाक ईटा पठाएको र पछि थाहा हुदा त्यस्तो ईटा बन्द गर्न लगाएको भनी बताएकाछन् ।
आफूको ठेक्कामा माटोमा पानी पटाउने कार्य सम्झौतामा उल्लेख नभएको र आफुहरु कहिले काही व्यवहारीकमा मात्रै पानी पटाउने गरेको बताए ।

तपाईको प्रतिक्रिया