केही दिनयता परेको असिनापानीका कारण सुनसरी र मोरङमा अन्नबाली ठूलो क्षति पुगेको छ । असिनापानीका कारण गहुँ र मुसुरोको उत्पादनमा क्षति पुगेको हो । चैत्र अन्तिम र बैशाख पहिलो साता विभिन्न समयमा परेको असिनापानीका कारण गहुँ र मुसुरोलाई प्रतिकुल असर पारेको छ । असिनापानीको कारण खेतमै गहुंको बाला ढलेकाले दाना कुहिएर उब्जनी प्रभावित भएको हो । खेतमै ढलेको गहुँ पानीले भिजेका कारण गुणस्तरमा ह्रास हुने निश्चित छ भने अर्कोतर्फ पाकिसकेको गहुं भिजेपछि बिउको उमारशक्ति ह्रास हुने कृषि विज्ञहरुको भनाई छ । भिजेको गहुंको उमारशक्ति कम हुने भएकोले बिउको रुपमा प्रयोग गर्न उपयुक्त नहुने बिज्ञहरु बताउँछन् । जसले गर्दा आगामी बर्ष गहुंको बिउको समस्या देखिन सक्ने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । मोरङ र सुनसरीमा ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्ने गरिएको क्षेत्रीय कृषि निर्देशनलायले जनाएको छ । सुनसरीमा १३४० हेक्टर र मोरङमा ५४५ हेक्टर गरेर जम्मा १८८५ हेक्टर क्षेत्रफलमा लगाइएको गहुंमा असिनापानीले क्षति पुगेको छ । पूर्वमा १ लाख १२ हजार हेक्टरमा गहुँ खेती गर्ने गरिएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । असिनापानीले पु¥याएको क्षतिका कारण गहुंको मुल्य बढनुकासाथै आगामी बर्ष बिउको समेत अभाव हुने अवस्था सृजना भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई दिने खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न
धनकुटा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाकाे आयाेजनामा दुई दिने खाद्य स्वच्छता सम्बन्धी तालिम स...
आयुवेद स्वास्थ्यकर्मी तथा औषधि व्यवसायी विच अन्तरक्रिया
इटहरी । आर्युवेदका क्षेत्रमा भएका प्रगतिका विषयमा जानकारी गराउदै मानिसहरुलाई स्वास्थ्य जिवन शैली अपनाउन मर्मत गर्ने उद्ध...
बृद्धाश्रममा बस्दै आएका आमाहरुलाई लक्षित गरि स्वास्थ्य शिविर
इटहरी । विगत २५ वर्ष देखि इटहरीमा रहेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक ...
रोटरी क्लव द्धारा पानी टेंकी जडान तथा ब्याग वितरण
इटहरी । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वच्छ र सफा पिउने पानीको पहुँच पुर्याउने उद्धेश्यले रोटरी क्...
धनकुटा वितरणसंघको दोस्रो अधिवेबनबाट नेतृत्व पुन नविकरण
धनकुटा । धनकुटा वितरण संघको सम्पन्न दोस्रो अधिवेशनबाट पुन कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरिएकाे छ । द...
धनकुटामा महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न
धनकुटा । धनकुटामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न भएको छ । जिल्ला सम्न्वय ...