दुहवी नगरपालिका सभाहलमा व्यावसायिक तरकारी खेतीसम्बन्धी तिन दिने तालिम आजबाट सुरु भएको छ ।किसानलाई व्यावसायि क बनाएर आर्थिक सुधारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आर्थिक विकास कृषि शाखा दुहवीका वाली संरक्षण प्रमुख सिताराम ढकालले वताउनुभयो । ३ दिने तालिममा बेमौस\ मी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरूका विषयमा सिकाइने ढकालले वताउनुभयो । कार्यक्रममा कृषकरुलाइ नर्सरी राख्ने विधिवारे प्राक्टीकल समेत गराएर देखाइने ढकालले वताउनुभयो । तालीमको उद्घाटन प्रमुख अतिथि एवम् दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले परम्परागत र निर्वाहमुखी तरकारी खेती गर्दै आएको दुहवीका किसानलाई प्रदान गरिएको तालीमले व्यावसायिक तरकारी उत्पादनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरेको बताउँनुहुँदै आधुनिक कृषिको महत्व र नेपाल सरकारले कृषि सम्बन्धी दिइने अनुदानको विषयमा जानकारी दिनुभयो ।
मेयर गच्छदारले कृषकहरुले आगामी दिनमा तरकारी मागलाई अझ बढी योगदान गर्न सक्ने अपेक्षा गरेको तथा आगामी दिनहरुमा अत्याधुनिक कृषि प्रणाली बाट तालिम दिइने र तालिममा सहभागिहुँने कृषकहरुलाइ अत्याधुनिक कृषि औजार ८५ प्रतिशत अनुदानममा दिइने बताउँनु भयो ।

तपाईको प्रतिक्रिया