नसीम अन्सारी भुटाहास-  सुनसरीको हरिनगर गाउँपालिकामा हरिनगरा उद्योग वार्णिज्य संघको पहिलो सधारण सभा भुटाहामा सम्पन्न भएको छ । स्थानीय उद्योगी र व्यसायीहरुको उपस्थिीतिमा सभा सम्पन्न गरेको हो । सभाको अध्यक्षता अनिरुद्ध प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अथिति प्रदेश सभा सदस्य हाजि ताहिर अंसारी रहनुभएको थियो । कार्यक्रममा विशेष अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी अथितिहरु एमालेका केन्द्रिय सदस्य महफु्ज आलम अंसारी, १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अंसारी, २ का वडा अध्यक्ष हाजी इनुस अंसारी , कौशलकुमार कर्ण, हाजि इर्दिश अंसारी, सशस्त्र प्रहरी भुटाहा प्रमुख सुधिर सुवेदी, सुशील ठाकुर, वडा नम्बर ६ र ७ सचिव समिम अन्सारी, नइम अन्सारी , नजाम अन्सारी लगायतका अथितिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति हाजि ताहिर अन्सारीको हातबाट होलि पब्लिक स्कुलका १५ जना छात्र छात्राहरूलाई पुरुसकार वितरण गरेको थियो । उहाँले यहाँका व्यवपार व्यसायको हितको बारेमा चर्चा गरेका थिए । त्यगरि एमाले केन्द्रीय सदस्य महफुज आलम अन्सारीले हरिनगर गाउँपालिका भारतको २ वटा नकासंग जोडिएको रहेको छ। उहाँले गाउँपालिका अध्यक्ष संग आग्रह गरि २ वटा भन्सार मरिसकेको छ। कर्मचारीहरु इटहरी धरान बसिरहेका छ। कहिले झोलामा काज पत्र राखेर बसिरहेका हुनछ। कुनै व्पारीको माल पक्राउ परो फोनका भरमा भन्सार काटेर दिनछ। अन्सारीले व्पारीहरुलाई भन्सार मात्रै काटेर व्पार गर्ने आग्रह समेत गरेको थियो । बन्द रहेका भन्सार कार्यालय छिटो संचालन ल्याउन गाउँपालिका अध्यक्षलाई सुझाव दिएको थियो । आफुले पनि पहल र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । कार्यक्रममा सहभागि व्पारीहरुले घुस्की र शिशुवामा भन्सार राख्नुपर्ने माग गरेका थिए। भने गाउँपालिका अध्यक्ष गफार अन्सारीले पुरानो भवन मर्मत गरिदिने प्रतिवद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया