ईटहरी । सुनसरीको ईटहरीमा रहेको फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर र पुर्बेली मिडिया नेटवर्कको सहकार्यमा ७ दिने निशुल्क आधारभुत पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । पछिल्लो समय सञ्चार माध्यायममा दक्ष जनशत्तिको अभाव रहेको भन्दै दक्ष र समय सापेक्ष जनशक्ती उत्पादन गर्ने ध्येयका साथ तालिम सञ्चालन गर्न लागिएको आयोजक फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष बिकल रेग्मीले जानकारी दिएका छन ।

यहि बैशाख १८ गतेदेखि सञ्चालन हुने निशुल्क तालिममा, छापा माध्यायम, रेडियो, टेलिभिजन, अनलाईन, क्यामेरा, लगायतका बिबिध बिषयमा दक्ष प्रशिक्षकहरुद्धारा तालिम प्रदान गरिने पुर्बेली मिडिया नेटवर्कका अध्यक्ष शुरेसचन्द्र दाहालले बताएका छन् । तालिममा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई मोफसलकै सर्बाधिक लोकप्रिय अनलाईन पुर्बेली न्युज, सप्तकोशी अनलाईन लगायतका मिडियाहरुमा काम गर्ने अबसर समेत प्रदान गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया