दिपक कार्कीका साथ कृष्ण भट्टराई

इटहरी । पुर्वी नेपालमा पर्यटकीय क्षेत्र निर्माण गर्ने क्रम बढी रहेको समयमा विभिन्न जातजातिहरुको सांस्कृतिक पक्ष समेटीएका मुर्तिकला सहितको आकर्षक पर्यटकीय क्षेत्रको रुपमा म्याट्रिक्स इटहरी अघि बढी रहेको छ ।

प्राकृतिक तथा कृतिम कलाकृतीहरुको संगम गराएर अर्धव्यवसायीक रुपमा सञ्चालनमा ल्याउने गरी विभिन्न जातका विरुवाहरु हुर्काउने देखि कलाकृतिहरु निर्माण गर्ने काम भई रहेको हो ।

इटहरीको रेक्रसड चौक नजिक वुढी खोला किनारको प्राकृतिक सुन्दरता सहित मुर्तिकलाले श्रृंगारेर पर्यकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित काम हुदै आएको म्याट्रिक्समा ललित कला तालिम समेत सञ्चालन हुन थालेको सञ्चालक विक्रम श्री ले जानकारी दिए । चित्र कला ,मुर्तिकला र नाट्यकलालाई प्राथमिकतामा राखेर भविष्यमा ललितकला कलेज समेत सञ्चालन गर्ने योजना समेत रहेको कलाकार श्रीले वताए ।

म्याट्रिक्स निर्माण कार्यको लागि दुई विगाह जग्गामा हरियालीका लागि विभिन्न जातका विरुवाहरु लगाइएको र त्यहाँ जातजातिका धर्म ,कला, सांस्कृतिक , जातिक झाकी झकने मुर्तिहरुका साथै साहित्यक व्यक्तित्वहरु मुर्तिहरु राख्ने तयारी भई रहेको जनाइएको छ । कृति र प्रकृतिको संगम स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको म्याट्रिक्समा धार्मिक महत्व बोकेका विरुवाहरु श्रष्टाहरुका हातले रोपेर हुर्कने क्रममा रहेका छन । त्यसै गरी धरणीधर स्मृति सांस्कृतिक केन्द्र निर्माण भई सकेको छ जहाँ विभिन्न कार्यक्रमहरु समेति हुन थालि सकेका छन । म्याट्रिक्स निर्माण गर्ने क्रममा एक करोड भन्दा बढी लगानी भई सकेको अझै विस्तार गर्ने क्रममा थप दुई करोड लगानी लाग्ने अनुमान गरिएको छ । कलाकृतिले श्रृंगारिने म्याट्रिक्स कलाका लागि एक तिर्थस्थलकै रुपमा विकास गर्ने लक्ष्य सहित काम हुँदै आएको वताइएको छ ।

तपाईको प्रतिक्रिया