इटहरी । विभिन्न कारणले निःसाहय बनी आश्रममा बस्दै आएका बालवालिकाहरुलाई समय समयमा खानेकुरा तथा लताकपडा दिनेदाताहरु हुने गरेपनि पहिलो पटक इटहरीमा रहेको निःसाहय बालवालिका सेवा आश्रमका वालवालिकाहरुलाई अध्ययन तथा धार्मिक अबलोकनका लागि गोरखा जिल्लाको मनकामना मन्दिर सम्म लगेर अवलोकन गराएको छ ।
आश्रममा वस्दै आएका बालवालिकाहरुलाई युवा अधिबक्ता तथा समाजसेवी रमेश पोखरेलको सक्रियतामा गोरखा जिल्ला स्थित मनकामना मन्दिरको दर्सन,अवलोकन गराइएको हो । लामो समय देखि आश्रममा वस्दै आएपनि अहिले सम्म पनि कसैले अध्ययन अवलोकनका लागि भ्रमणमा नलगि रहेको समयमा धार्मीक स्थलको भ्रमणमा आउन पाउदा खुशी लागेको आश्रममा वस्दै आएका वालवालिकाहरुले प्रतिक्रिया दिएका छन । निःसाहय बालवालिका सेवा आश्रममा वस्दै आएका बालवालिकाहरुका लागि अवलोकन भ्रमणमा लैजान आश्रमका आजीवन सदस्य रमेश पोखरेलका साथै अन्य मानिसहरुले समेत सहयोग जुटाएको पोखरेलले जानकारी दिए । उनले विभिन्न कारणले आश्रममा बस्दै आएका बालबालिकाहरु अध्ययन र आश्रममा बस्नमा सिमित बन्ने गरेको तर्फ मध्यनजर गर्दै त्यस बाहेक कहिलेले कहाँ धार्मीक तथा अन्य ठाउँहरुमा भ्रमण गराउनु पर्छ भन्ने मान्यताले आश्रमका बालवालिकाहरुलाई भ्रमण गराएको वताए । त्यसै गरी आश्रमकी आजीवन सदस्य मेनुका पाण्डेले पनि अन्य शैक्षिक संस्थाहरुले झै आश्रमका बालवालिकाहरुलाई पनि शैक्षिक भ्रमणका रुपमा अवलोकन भ्रमणमा लैजाने क्रम सुरु गर्नु पर्छ भन्ने सोचले पहिलो पटक मनकामना मन्दिरको दर्सन तथा अवलोकन भ्रमण गराएको जानकारी दिइन ।
आश्रमका बालबालिकाहरुको लागि सम्पुर्ण खर्च गरेर मनकामना मन्दिर लैजाने काममा सञ्जु बस्नेत , अनुरोध थापा, दिपक अग्रवाल, देवेन्द्र बस्नेत सुभाष गौतम ,त्रिलोचन पौड्याल, लगायतको सहयोग रहेको सो अवलोकन भ्रमणमा आश्रमकी आजीवन सदस्य पार्वती खतिवडा लगायतले बालवालिकाहरुलाई गोरखा जिल्लामा रहेको मनकामना मन्दिर भम्रण गराइएको थियो ।
इटहरीमा रहेको निःसाहय बालबालिका सेवा आश्रममा ४८ जना बालबालिकाले आश्रय लिदै आएका छन ।

तपाईको प्रतिक्रिया