इटहरी/ पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता २०७५ सुरु भएको छ । इटहरीको रक्तमाला स्कुलको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । सिद्धार्थ युवा क्लव द्वारा आयोजित पाँचौ रुद्र चेम्जोङ्ग स्मृति च्यालेञ्ज कप बैसाख १३ गते सम्म चल्नेछ । उदघाटन खेलमा आयोजक र जहदा फूटबल क्लब मोरङ विच वरावरी भएपछी खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा आयोजककले जहदा फुटवल क्लवलाई २ को विरुद्ध ४ गोल गरी जित हासील गरेको हो । त्यसैगरी सिद्धार्थ युवा क्लब र तालतलैया फूटबल क्लब बिच भएको खेलमा तालतलैयाले जित हासील गरेको छ । ० को विरुद्ध १ गोल गर्दै जित हासील गरेको हो ।
नेपाली काग्रेसका महासमिती सदस्य राजिब ढुङ्गानाको प्रमुख आतिथ्यतामा सपन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिती सुनसरी अध्यक्ष अनुरोध थापा, सुनसरी जिल्ला फुटवल प्रशिक्षक श्याम मानन्धर,केशव काकी , मन्दिप भट्टराई, संजिव ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहका प्रमुख अतिथी राजिब ढुङ्गानाले फुटवलको विकासको लागि यस्ता प्रतियोगिता आवश्यक भएकोमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिती सुनसरी अध्यक्ष अनुरोध थापाले युवाहरुलाइ खेलकुदमा आवद्ध गर्न पनि यस्ता प्रतियोगिता निरन्तर गर्न आवश्यक स भएको बताए ।

तपाईको प्रतिक्रिया