इटहरी । पुर्वकै विकसित सहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाको सहरी क्षेत्रलाई सफा र हराभरा वनाउन स्थानीय युवाहरुले महत्पुर्ण भुमिका खेल्दै आएका छन ।

इटहरीलाई सफा हराभरा साथै सुन्दर सरहका रुपमा परिचित गर्ने उद्धेश्यले बुल्स इलेभेन क्लव नामक संस्थामा आवद्ध युवाहरुले सफाई अभियान सञ्चालन गर्दै सफा र हराभरा सहर वनाउन लागि परेका हुन । साप्ताहिक रुपमा इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रको सफाई तथा सुन्दरताका लागि विभिन्न अभियान चलाउदै आएको बुल्र्स आवद्ध युवाहरुले बजार क्षेत्रमा जम्मा हुने फोहोरमैला संकलन गरी विसर्जन गर्दै आएका छन । त्यसै गरी सडक सुरक्षाको लागि पार्किगंको क्षेत्र पहिचान हुने गरी रगं लगाउने , बजार क्षेत्रमा रहेका रुखहरुलाई रंग लगाएर सुन्दर वनाउने जस्ता कार्य सो क्लव आवद्ध युवाहरुले गर्दै आएका छन ।

उपमहानगरपालिका क्षेत्रलाई सफा हराभरा र सुन्दर सरह बनाउने अभियानमा जुटेको बुल्र्स क्लवका अध्यक्ष पुर्ण राईले कुनै पनि सरकारी निकायको सहयोग विना आफनै लगानीमा सफाई अभियान सञ्चालन गर्दै आएको जानकारी दिए । उनले सो कार्यका लागि आफनै संस्थाले सफाईका लागि आवश्यक पर्ने औजार तथा उपकरणहरु खरिद गरेको समेत जनाए । सफा र सुन्दर सरह वनाउनु पर्छ भन्ने सन्देस दिने उद्धेश्यले अभियान सञ्चालनमा ल्याएको अभियानकर्ताहरु वताउछन ।

इटहरीको विकासमा सरकारी लगानी भन्दा बढी स्थानीयको लगानी सोच खर्चिएको भनाईलाई पुष्टि गर्दै इटहरीमा रहेका विभिन्न गैरसरकारी संस्था तथा समाजसेवीहरुले समय समयमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन । तर पनि सरोकारवाला निकायहरुको ध्यान पुग्न नसक्दा इटहरीका बजार क्षेत्रका कतिपय ठाउँमा ढलका ढकनीहरु फुटेर तथा भत्कीएका कारण जोखिम युक्त अवस्थामा देखिन्छ भने सडकमै वाह्ैमास पानी जमेको समेत देखिन्छ ।

तपाईको प्रतिक्रिया