विराटनगर । मोरङ्ग जिल्लाको दक्षिणी भारतसँग सिमा जोडिएको विराटनगर–१८ बुधनगर निवासी रामप्रसुाद ऋषिदेव सहित उनका आफन्त माथि केही दिनअघि बुधनगर इलाका प्रहरी कार्यालयका केही प्रहरीले कुटपिट र ज्यादती गरेको गुनासो गरेका छन् ।
छिमेकी छट्टु बङ्गालीसँग विवाद मिलिसकेको जमिन जोत्ने क्रममा रामप्रसाद ऋषिदवको छोरा अनिल, दीपक ऋषिदेव र स्वाई सत्या ऋषिदेव एवम छोरी पुनम ऋषिदेव सहितलाई बुधनगर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिनेश यादव सहितले कुटपिट र ज्यादती गरेको पत्रकार सम्मेलन गरी पीडित ऋषिदेव परिवारले जानकारी दिएको छ ।
प्रहरी नायव निरीक्षक दिनेश यादवले बिचौलिया पङकज यादवलाई प्रयोग गरी सामान्य विवाद हुँदा कुटपिट गरी यातना दिई ऋषिदेव परिवारलाई सार्वजनिक अपराध अन्तर्गत कार्वाही गर्छु भन्दै कम्तिमा ५० हजार दिए मुद्दा मिलाई दिने वा ३० हजार चाँिह दिनै पर्ने भनेर धम्क्याएको फोन बार्ता समेत पत्रकार सम्मेलानमा पीडित ऋषिदवे परिवारले सुनाएका थिए ।
सो विषयमा इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षकसँग सोधखोजका लागि कार्यालय पुग्दा नभेटिए पछी कार्यालयमा प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीले आफेले सामान्य विवाद र धरपकड भएको देखेको तथा पीडितहरुलाई मिलापत्र गरेको बाहेक अरु आफुलाई केही जानकारी नभएको बताए ।
प्रहरीको ज्यादती र यातना पाएका रामप्रसाद ऋषिदेव र उका ज्वाई सत्या ऋषिदेव तथा पीडित रामप्रसादका छोरा अनिल ऋषिदेवले आफुहरुमाथि प्रहरीले ज्यादती गरेको र उल्टै बिचौलिया प्रयोग गरेर पैसा असुल्न खोजेको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

तपाईको प्रतिक्रिया