इटहरी । सुनसरी सदरमुकाम इनरुवा ५का युवा के पी सुवेदीको शब्द तथा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको सम्झना त आउँछ होला बोलको आधुनिक गितको अडियो सार्वजनिक भएको छ ।

पुर्वाञ्चल डिजिटल रेकडिगं स्टुडियोको युटुव च्यानलले सुवेदीको शब्द रहेको सो गितको अडियो सार्वजनिक गरेको हो । शब्द लय केपी सुवेदीको रहेको सो आधुनिक गितमा संगित रुद्र श्रेष्ठले दिएका छन भने ऐरेन्जर कुन्दन राईको रहेको छ । प्रमोद खरेलको स्वर रहेको सो गितको म्युजिक भिडियो चाडै नै वनाउने योजना रहेको रचनाकार केपी सुवेदीले जानकारी दिए । यस अघि पनि केपी सुवेदीको शब्द तथा लय रहेको मेरै बदनाम गर्दै हिड्छौं रे बोलको गित २०७३सालमा सार्वजनिक भएको थियो । पश्चिमेली भाका रहेको सो गितलाई श्रोताहरुले मन पराई दिएपछि उत्साहित बनेका केपीले यस पटक प्रमोद खरेलको स्वरमा नयाँ गित ल्याएका हुन । सानै देखि गित संगितमा रुचि राख्ने केपी सुवेदीका शब्द रहेका मनका तिम्रा सारा इच्छा र संगै जिउने संगै मर्ने बोल रहेका आधुनिक गितहरु समेत चाडै बजारमा आउने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया