इटहरी । अमेरिकामा रहेको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेश्नलले आयोजनामा इटहरी ८ गौसारको सरस्वती सतन माबिमा सञ्चालन भएको तिन दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ
त्यसैगरी समापन कार्यक्रममा स्वास्थ्य शिविर सम्पन्न गर्नका लागी अहोरात्र खटेर सहयोग पु¥याएका एभिन्युज टेलिभिजनका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेल र नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीका सभापती बिमल पौडेललाई लायन्स क्लब इन्टरनेशनलले विशेष सम्मान पत्र प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष नरेश अग्रवालको तर्फबाट पठाइएको विशेष सम्मान पत्र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक फोर सि थ्रीका रिजन चेयरमेन जेम्स भर्गिज र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रदान गरेका छन् ।
शिविरमा अति बिपन्न तथा गरिबहरु त्था बाढिबाट प्रभाबित भएका निम्न वर्गका स्थानिय सर्वसाधरण लाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेश्नल फोर सि थ्री को संयुक्त आयोजनमा शिविरको सञ्चालन भएको हो ।

स्थानियलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्धेश्यका साथा सञ्चालन भएको उक्त शिविरबाट इटहरीवासीले बिभिन्न रोगको स्वास्थ्य सेवा लिएका छन् । मधुमेह,उच्च रक्तचाप,दात जस्ता रोगहरुको उपचार लिएका हुन् । शिविरमा निम्न आय भएका, गरिब तथा बिपन्न वर्ग करिब दुई हजार भन्दा बढिले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक डेकेन्द« मास्केले बताए । मास्केका अनुसार शरिरका हरेक रोगको निःशुल्क परामर्श सहित औषधी पनि बितरणगरिएको थियो । अमेरिकाबाट ११ जनाको बिशेषज्ञ चिकित्सकहरुबाट शिविर सञ्चलन गरि सफतापुर्वक सम्पन्न हुनुमा बिपि कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको पनि ठुलो सहयोग रहेको र अन्य स्थानिय संघसस्थाले सहयोग गरेको कैलाश मेडिकल फाण्डेसनका अध्यक्ष योगसले बताए ।

लायन्स क्लब इन्टरनेश्नल District फोर सि थ्री का गभर्नर राजेन थापाको बिशेष पहलमा अमेरिकी चिकित्सक टोली नेपाल आएका हुन । थापा अमेरिकामा बस्दै आएका भएपनि नेपाल र नेपाली प्रति आफ्नो माया र सद्भाव रहेका कारण यो शिविरको संयोजन गरेको जानकारी दिएका छन् । आफु जाहाँ रहे पनि आफ्नो देशप्रतिको कर्तव्य सधै पुरा गर्ने थापा बताउछन् ।
इटहरीका बिभिन्न क्षेत्रका गरिब तथा बिपन्न वर्गका समुदाय जो स्वास्थ्य संस्था सम्म गएर आफ्नो स्वास्थ्य जाचँ गर्न असक्षम रहेका थिए उनिहरुको लागी यो शिविर फलदाय बनेको कार्यक्रमको संयोजन गर्नु भएका बरिष्ठ पत्रकार सचिन पोख्रेलले बताए । चैत्र २८ गते सप्तरिमा पनि यहि टोलिद्धारा शिविरको सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया