इटहरी । प्रदेस नम्वर १ का शिक्षा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश नम्वर १ लाई चाँडै नै जातीय विभेद र उत्पीडन मुक्त प्रदेस वनाउने योजना भई रहेको वताएका छन ।
विश्वकर्मा एकता समाज प्रदेस नम्वर १ भेलालाई सम्वोधन गर्र्दै मन्त्री घिमीरेले अहिलेकै प्रदेस सरकारले जातिय विभेद मुक्त प्रदेस घोषणा गर्ने तयारी भई रहेको वताएका हुन ।
मन्त्री घिमिरेले अहिलेकै प्रदेश सरकारले जातीय छुवाछुत एवम विभेदको अन्त्य गर्दै विभेदमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने वताउदै उत्पीडिनमा पर्दै आएकाहरु विच समन्वयन गरेर संगठित भएर उत्पीडीन विरुद्धमा लाग्नु पर्नेमा समेत जोड दिए । कानुन भएपनि व्यवहारीक रुपमा पालना नभएका कारण समेत जातिय विभेद पुर्ण रुपमा नहटेको भन्दै अहिलेकै प्रदेस सरकारको पालामा कानुनी र व्यवहारिक रुपमा जातिय विभेद अन्तको घोषणा गरिने समेत उनले दावी गरे ।
मेलामा सहभागी दलित नेताहरुले जातिय विभेद अन्त गरी समृद्धिको अभियानमा आफुहरुलाई समेत समावेश गर्नु पर्नेमा जोड दिए । विश्वकर्मा एकता समाजका अध्यक्ष गोपाल लकान्द्रीको अध्यक्षतामा भएको उक्त प्रदेश एकको विश्वकर्माहरुको बृहत भेलामा विश्वकर्मा एकता समाजका केन्द्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मा नेताहरु भोजमान लामगादे सीला गजमेर टेकबहादुर शाहशङ्कर, टङ्क सन्च्यौरी, जगत गजमेर डीवी शाहशङ्कर,टिका लाम्गादे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया