इटहरी । मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन धेरै जसो मानिसहरु
आफ्ना आमालाई विभिन्न प्रका का मिष्ठान भोजन गराउने देखि लिएर लताकपडा उपहार दिएर मनाएका थिए । आमा दिगवंत भै सकेकाहरुले विभिन्न तिर्थ स्थलहरुमा गएर श्रद्धा गरीरहेका छन । तर सुनसरीको हाँसपोसामा रहेको महिलाहरुको हक अधिकार र न्याय तथा अन्य सामाजिक कार्यमा सक्रिय रहेको लोकतन्त्र र न्यायका लागि आमा समुहले भने छोराछोरी नभएका , टाढाटाढा भएका र छोरा छोरीले हेरविचार नगरेका ५० भन्दा वढी आमाहरुलाई सामुहिक भोजन तथा वर्काे उपहार दिएर मातातिर्थ औसी मनाएको छ ।

आमाको मुर्ख हेर्ने दिनको रुपमा मनाइने मातातिर्थ औसीको दिन सन्तान
नभएका तथा भएपनि छोराछोरीको संरक्षण नपाएका वृद्धाहरुको मन खल्लो नहोस भनेर केही वर्ष अघि देखि लोकतन्त्र र न्यायका लागि आमा समुह हासपोसले सामुहीक आमाको मुख गर्ने कार्यक्रम औपचारीक रुपमै मनाउदै आएको छ । यस पटक संस्थाकी अध्यक्ष कमलकुमारी राईको अध्यक्षतामा भएको मातातिर्थ औसी कार्यक्रममा ८४ वर्षिया मनमाया गुरुगंलाई भोजन गराइएका सुरु गरियो ।
आमा समुहले आयोजाना गर्ने यो कार्यक्रममा छोराछोरी नभएका आमाहरुको मात्र नभएर आमा नहुनेहरुको समेत सहभागीता रहने गरेको छ । आमा नभएर आमालाई स्मरण गर्नेहरुले पनि साहारा विहिन तथा सन्तान नभएका वृद्धाहरुलाई उपहार दिएर आमाको मुख हेर्ने दिनलाई स्मरण गर्ने गरेका छन । छोराछोरी नभएर खिन्न वन्नु पर्ने वृद्धाहरुलाई मिष्ठान भोजन तथा लताकपडाहरु वितरण गर्दा आफुहरुलाई शान्ती मिल्ने मात्र नभएर उहाँहरुलाई समेत आफना छोराछोरा रहेको अनुभुति हुने आयोजक आमा समुहकी संस्थापक अध्यक्ष कमला खड्काले विश्वास गरिन ।
छोराछोरी नभएको तथा भएकाहरु प्नि टाढा भएको स्मरण गर्दै हिनतावोध गर्नु पर्ने उमेरका आमाहरुलाई आफनै छोराछोरीले जस्तै गरी स्नेहताका साथ भोजन तथा लताकपडा वितरण गर्दा छोराछोरीको माया पाएको अनुभुति हुने गरेको भक्कानीदै आमाहरु सुनाउछन । माता तिर्थ औसीका अवसरका छोराछोरीको रुपमा अरुले नै भोजन तथा उपहार दिए पछी वृद्धाहरु समेत उत्साहीत वन्ने गरेका छन । केही वर्ष यता देखि मार्तातीर्थ औसीका दिन आमाहरुलाई भोजन गराउन तथा सम्मान गर्न सक्रिय भुमिका खेल्दै आएकाृ भन्दै लोकतन्त्र र न्यायका लागि आमा समुहकी संस्थापक अध्यक्ष कमला खड्का र पुर्व अध्यक्ष विष्णु गुरुगंलाई सस्थाका सदस्यहरुले सम्मान गरेका थिए । सोही कार्यक्रममा आमाहरु खुसि हुदै नाचगान गरेर रमाएका थिए ।

तपाईको प्रतिक्रिया