इटहरी । अमेरिकाको क्यालीफोनियामा रहेको भएपनि दक्षिण एशियामा समेत मानविय सेवाका क्षेत्रमा योगदान गर्दै आएको कैलाश मेडिकल फाउण्डेशन र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी थ्रि को संयुक्त आयोजनामा सुनसरीको इटहरीमा आइतवारबाट तीन दिने नि शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
सिमान्तकृत , गरिव तथा विपन्न वर्गका सर्बसाधरणहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले इटहरी ८ गौसारको सरस्वती सतन मा,विमा भएको निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो । इटहरीका समाजसेवी विमल पौड्यालको संयोजकत्वमा सुरु भएको निशुल्क स्वास्थ्य शिविरको कैलाश मेडिकल फाउण्डेशनका चेयर मेन डाक्टर योगेश भक्तले उद्घाट गरेसंगै विरामीहरुको स्वास्थ्य परिक्षण सुरु भएको थियो । तीन दिन सम्म सञ्चालन हुने शिविरको पहिलो दिन तीन सय वढीले स्वास्थ्य सेवा लिएको शिविर संयोजक विमल पौड्यालले जानकारी दिए ।
निःशुल्क स्वाथ्य शिविरमा अमेरिकाको क्यालिफोनियामा रहेको कैलाश मेडिकल फाउण्डेशनका चेयर मेन डाक्टर योगेश भक्तको नेतृत्वको ११ सदसीय अमेरिकन चिकित्सक तथा प्राविधिकहरुको टोली तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका फिजिसियन तथा ,दन्त रोग विशेषज्ञहरुले सेवा दिई रहेका छन । नेपालका ग्रामिण क्षेत्रमा रहेका सिमान्तकृत, गरिव तथा विपन्न परिवारलाई स्वास्थ्य सेवा दिने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी थ्रि क्यालिफोनियाका जोन चेयर लक्ष्मी चौधरीले वताइन । लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ क्यालीफोरनियाका गभर्नर राजेन थापाको बिशेष पहलमा अमेरिकी चिकित्सकहरुको टोलि स्वास्थ्य शिविरका लागि नेपाल आएको स्वास्थ्य शिविरका संयोजक डेकेन्द्र मास्केले जानकारी दिए । नेपालमै रहदा समेत विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्ने थापा लामो समय देखि अमेरिकामा बसेर नेपालमा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउदै आएका छन । गाउँमै स्वास्थ्य शिविर र त्यसमा पनि विशेषज्ञ चिकित्सकहरु सहितको स्वास्थ्यकर्मी र प्राविधिकहरुको टोलीको सेवा पाउनु सेवाग्राहीका लागि खुशीको कुरा भएको शिविरमा सेवा लिन आएकाहरु वताउछन । निशुल्क स्वास्थ्य शिविरको इटहरी उपमहानगरपालिकाको संयोजन रहेको छ । यस अघि सोही टोलीले सप्तरीको बाढी पिडित क्षेत्रका तिलाठीकैलाडि गाउपालिकामा समेत गत चैत्र २८ गते देखि ३० गते सम्म तीन दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया