कृष्ण जुनेली,इनरुवा । पुर्वी तराईका थारु समुदायले मनाउने सिरुवा पर्व नयाँ बर्षको आगमन  सगै शुरु भएको छ ।वर्षको शुरुवातको महिना वैशाख भरी पुर्वी तराईमा थारु समुदायका मा निसहर ुले सिरुवा पर्वमनाउने गरेका छन । वैशाख महिना वर्षको सिरको महिना भएको र सिरमा प्रत्ययजोडीर सिरुव ा भएको मान्यता रहेको छ । वालीनाली थन्क्याए फुर्सदको समय पारेर मनाइने यो पर्वमा आगामीवालीनाली राम्रो होस भनेर भगवानसंग प्राथना समेत गर्ने गरेको वताइन्छ । सिरुवा पर्व वैशाख महिना भरी विभिन्न ठाँउका ग्रामथानमा गएर पुजाआजा गरी रोगव्याध नलागोस भनेर कामना गर्ने , त्यसै गरी छालाका रोगहरु नलागोस भनेर भान्टाको भार चढाउने गरिन्छ । ग्रामथानहरुमा वली समेत चढाउने गरेको पाइन्छ । थारु समुदायका मानिसहरुले मनाउने सिरुवा पछिल्लो समयमा आएर पुर्र्वी तराईकाहरेक जातजातिका मानिसहरुले मनाउन थालेका छन । ग्रामथानहरुमा लाग्ने मेलामा भाण्टा वोकेर चढाउन गएका अन्य समुदायका मानिसहरुले उल्लेखिय भिड देखिन्छ । थारु समुदायका वृद्धवृद्धाहरु देखि लिएर वालवालिकाहरु समेत नयां लुगाएर मेला भर्न टाढाटाढा सम्म पुग्ने गरेका छन । ग्रामथानसंग जोडीएको यो पर्वमा थारुसमुदायका मानिसहरु ग्रामथानमा जल चढाउने तथा ग्रामथानमा पुजाआजा गरीएको जल ल्याएर आफु भन्दा सानालाई जल सिरमा लगाई दिएर आर्षिवाद दिने प्रचलन
रहेको छ । सिरुवाका अवसरमा एक आपसमा शुभकामना साटासाट समेत गर्ने गरिन्छ । ग्रामथानमा टाढा टाढाका आफन्तहरुसंग सीरुवाको अवसरमा भेटघाट गर्ने प्रचलन समेत रहेको छ। केही वर्ष अघि सम्म सिरुवाका अवसरमा ग्रामथानमा भेला भएर थारु समुदायका मानिसहरुले आफ्ना छोरा छोरी र नाती नातीनीको विवाहका लागि कुरा चलाउने गर्दथे भने अहिले यो परम्परा हराउदै आएको छ ।
पुर्वी तराईमा वैशाख भरी मनाइने यो पर्व अर्थात ग्रामथानमा लाग्ने मेलाका कारण मानिसहरु बैशाख महिना भरि सिरुवा मेला भर्न विभिन्न ठाँउ पुग्ने गर्दछन ।

तपाईको प्रतिक्रिया