होटल संम्झदा पकै तपाईलाई लाग्न सक्छ कि मिठो मिठो खानेकुरा, बार, संगित अनि होटलको सेवा आदी । होटलले प्रदान गर्ने संस्कार प्राय यस्तै नै बढी हामीले देख्ने गछौ । त्यस सगै जमना अनुसारको संस्कार पनि दिन प्रतिदिन बदलिदो छ ।

खानाको शौख सगै भिन्न वातावरणमा रमाउने अबको संस्कारलाई साकार पार्न पनि चुनौति उत्तीकै छ । मुलत लगानीमा भर पर्ने होटलको सेवा सुबिधा अनि नयाँ संस्कार क्रमश बिस्तार हुन थालेको छ ।

पूर्वमा पनि होटल संञ्चालकहरु खाना सँगसगै कसरी होटलमा नयाँ संस्कार भित्राउने भनेर ब्यवहारिक रुप दिन थालेका छन । खाना सँगसगै खेलकुदको नयाँ संस्कारको रुप इटहरी १० स्थित ट्रफ स्पोर्टस बारमा देखिएको छ ।

खानालाई खेलकुद मार्फत जोडेर एक महिना अघिमात्र संञ्चालनमा आएको स्पोर्टस बार अहिले खाना अनि खेलकुदका दुवै पारखीलाई एकै ठाँउ तानेको छ ।

इटहरीका परिचित व्यवसायी बिष्णु रिजालले करिब एक करोडको लगानीमा होटलको नयाँ संस्कारमा खेलकुद फ्यूजन गरेका हुन ।

जहाँ युवामाझ लोकप्रिय बनेको फुटसलको मैदान समेत निर्माण गरेर स्पोर्टस बार संञ्चालनमा आएको हो । खेल सकेपछि खाजानास्ता खाएर फर्किने वातावरण बनेको छ ट्रफ स्पोर्टस बार । फुटसल अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कुनै पनि खेलकुद प्रतियोगिता लाईभ हेर्ने सुबिधा समेत राखिएको छ । खादै पिउदै खेलकुदको मज्जा लिनेहरुको लागी सहि थलो अहिले स्पोर्टस बार बनेको छ ।

हामीले होटलमा आउने ग्राहकलाई नयाँ पन दिने सोचमा साथ यो स्पोर्टस बार संञ्चालन गरेका हौ, संञ्चालक बिष्णु रिजालले भने । खेलकुद र खानपान स्वास्थ्यसँग जोडिने कुरा भएकाले पनि यो पूर्वमा अबश्क्ता थियो ।

रिजालका अनुसार खेलकुदको मजा लिदै खानपान गर्नु स्वास्थ्यको लागी पनि उचित हुने चिकित्सकको सुझापलाई स्पोर्टस बार मार्फत परिक्षण गरेको उनि बताउछन ।

शान्त वातावरणमा पारिवारीक जमघट हुनेदेखि विवहा, कन्फ्रेन्सहरु तथा सेमिनार गर्नलाई उपयुक्त यो बार हुनेछ । खाने कुरामा आर्गनिक स्वाद अनि स्वादिष्ट परिकार बारको बिशेषता हामीले मानेका छौ रिजाल भन्छन, बिदेशी परिकारको लागी पनि बार आउनै पर्ने हामीले बनाएका छौ ।

औसत होटल भन्दा फरक संस्कार हामी दिन खोजेको रिजाल बताउछन ।

तपाईको प्रतिक्रिया