इटहरी । इटहरी जेसिज तथा जुनियर जेसिजले नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नयाँ वर्ष सवैका लागि सुखमय होस भन्ने कामना सहित इटहरी जेसिसले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । इटहरी जेसिजका जन्मदाता दिलकुमार वनको प्रमुख आतिथ्यतामा सञ्चालन भएको शुभकामना आदानप्रदान कार्यक्रममा इटहरी जेसिजका पदाधिकारी , इटहरी जुनियर जेसिजका पदाधिकारीहरुको सहभागीता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा इटहरी जेसिजका अध्यक्ष सोमनाथ गौतम, जुनियर जेसिजका हरीस पोख्रेल तथा निर्वतमान अध्यक्ष गोकुल थापा, पुर्व अध्यक्ष तथा नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौड्याल, पुर्व अध्यक्ष महेश पौड्याल , नेपाल चलचित्र विकास बोर्डका सचिव ज्योति राई,रोटरी क्लबका निर्वतमान अध्यक्ष लक्ष्मी धिताल लगायतले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया