इटहरी । थारु समुदायले मनाउने सिरुवा पर्व तथा नयाँ वर्षको अवसर पारेर सुनसरीको झुम्कामा थारु महिला सभा सुनसरीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

बैशाख महिना भरी विभिन्न ठाँउका ग्रामथानहरुमा पुगेर पुजाअचर्ना गरि मनाइने सिरुवा पर्व र नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नयाँ वर्ष २०७५ सबैका लागि सुखमय होस भनेर कामना गरियो । शुभकामना आदानप्रदान कार्यक्रममा थारु समुदायका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागीता रहको थियो । सुनसरीमा वसोवास गर्ने थारु समुदायका मानिसहरुले आफना मौलिख चाडपर्वका साथै कलासंस्कृतिको जर्गेनाका लागि चाडपर्वका अवसरहरु विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन । सिरुवा पर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेस नम्वर १की प्रदेससभा सदस्य नवोदिता चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम थारु समुदायका महिलाहरु जातिय पोशाख सहित उल्लेखिय संख्यामा सहभागीता रहेको थारु महिला सभा सुनसरीकी अध्यक्ष राजोदेवी चौधरीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया