कृष्ण जुनेली  । सर्पदशंका विरामीहरुका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम आफनै मुलुकमा उत्पादन गर्ने लक्ष्य सहित सुनसरीको वहाराक्षेत्रमा उद्योग भवनको शिलान्यास गरिएको छ ।

एन्टी स्नेक भेनम सेरमरिसर्च म्यानुफ्याक्चरिगं प्रालिले सञ्चालनमा ल्याउन लागेको एन्टी स्नेक भेनमको बराहक्षेत्र ३मा उद्योग भवनको प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईले एक समारोह विच शिलान्यास गरेका हुन ।

एन्टी स्नेक भेनम उत्पादन भवनको शिलान्यास समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले मुलुकमै सर्पदशंका विरामीहरुका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम उद्योग सञ्चालनमा ल्याउने तर्फ अहिले सम्म राज्यले ध्यान दिन नसकी रहेको समयमा निजी क्षेत्रबाट भएको कामको प्रसंशा गरे । उनले सर्पदशंको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनमका लागि अर्थतन्त्र बाहिरीनुका साथै धेरैले ज्यान गुमाउनु परिरहेको अवस्थाको अन्त हुने विश्वास समेत व्यक्त गरे । प्रदेस नम्वर १को विकास र समृद्धिको अभियानमा यस उद्योगलाई समेत जोडेर अघि वढ्ने समेत मुख्य मन्त्री राईले आश्वासन समेत दिए ।

एन्टी स्नेक भेनम सेरमरिसर्च म्यानुफ्याक्चरिगं प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद फुँयालले लामो समय देखिको संर्घषपछि आफनै मुलुकमा एन्टि स्नेक भेनम उत्पादनका लागि स्विकृति पाएको वताउदै कानुनी तथा अन्य बाधाअढ्चन नआए चार वर्ष भित्रमा उत्पादन कार्य सुरु गर्ने लक्ष्य सहित काम भई रहेको जानकारी दिए । उनले एन्टि स्नेक भेनम उत्पादनका लागि अस्ट्रेलिया ,जर्मन लगायतका देशहरुबाट प्राधिकहरु ल्याएर काम थाल्ने योजना रहेको समेत सुनाए । उनले सर्प र घोडा पालन देखि लिएर भौतिक पुर्वाधारका लागि ८ विघा क्षेत्रफल प्रयोगमा ल्याउने बताउदै आफुहरुले उत्पदान गर्न थालेपछि आत्मनिर्भर हुने मात्र नभएर निर्यात समेत गर्न सकिने जानकारी दिए । वार्षिक रुपमा १५ लाख भाइल एन्टी स्नेक भेनम उत्पादन गर्ने लक्ष्य सहित उद्योग सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ । नेपालमा हाल सम्म भारतबाट प्रतिवर्ष ३०हजार भाइल एन्टी स्नेक भेनम आउने गरेकोले पुग नपुगको अवस्था रहने गरेको जानकारीहरु वताउछन । समय समयमा भारतमा उत्पादीत एन्टि स्नेक भेनम आफनै मुलुकमा नपुग्ने अवस्था रहेको भन्दै नेपाल तर्फ निर्यात नगर्न आवाज उठ्ने गरेका छ भने २०१२मा भारतीय सर्वोच्च अदालतले नेपाललाई एन्टी स्नेक भेनम उपलव्ध नगराउन भारत सरकारलाई निर्देशन गरेको समेत चर्चामा रहेको छ । यदपी अहिले सम्म भारतबाट एन्टि स्नेक भेनम आयत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया