इटहरी । सप्तरी जिल्लाकोे तिलाठी कोईलाडी गाउँपालीकाका बाढी पीडित तथा गरिब र बिपन्न वर्गहरुको लागि लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी थ्री र कैलाश फाउण्डेसनको सहकार्यमा कोईलाडी स्थित राजेन्द्रदेवकी आधारभुत बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधबारदेखि शुरु भएको तीन दिने स्वास्थ्य शिविरबाट क हजारभन्दा वढी सर्वसाधाराण्ले दात पचारसहितको विभिन्न रोगको उपचार गराएका छन ।

सप्तरीको दक्षिणी सिमावर्ती गाउँका बाढी पिडितहरुलाई लक्षित गरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–४ कोईलाडी गाउँका वासीन्दाहरुको उपचारका लागि ख्याति प्राप्त अमेरिकी डाक्टरहरुको एक टोलीले बुधवारदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

गत असारको दोश्रो साता तथा साउनको अन्तिम साता तिर आएको बाढीले तिलाठी कोईलाडी गाउँपालिकालाई हदै सम्म प्रभावित गरेको थियो । गरिब विपन्न बाढी पिडितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ को संयुत्त आयोजनमा स्वास्थ्य शिविर सञ्चालन भएको नेपाल संयोजक डेकेन्द्र मास्केले बताए ।
लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालीफोरनियाका गभर्नर राजेन थापाको बिशेष पहलमा अमेरिकी चिकित्सक टोली नेपाल आएर सेवा दिएका छन् । थापा अमेरिकामा बस्दै आएका भएपनि नेपाल र नेपाली प्रति आफ्नो माया र सदभाव रहेका कारण यो शिविरको संयोजन गरेको हो ।

सप्तरीमा यसरी अमेरिकी चिकित्सकबाट पहिलोपल्ट स्वास्थ्य जाचँ गर्न पाउने भएका कारण यहाँका सर्वसाधरण निकै उत्साहित भएको र त्यसमा पनि सहभागीहरु लाई निःशुल्क औषधी वितरण गरिएको कैलाश मेडिकल फाण्डेसनका अध्यक्ष योगेश भक्तले बताए ।

यसै गरि बैशाखको २ गते देखि ४ गते सम्म सुनसरीको इटहरी ८ स्थित सरस्वती सतन मा. विमा हुने शिविरको लागी प्रचार प्रसार तथा अन्य तयारी भईरहेको मिडिया संयोजक सचिन पोख्रेलले जानकारी दिए । इटहरीमा बिभिन्न सामाजिक संघसस्थाहरु संगको सहकार्यमा शिविर हुन लागेको छ शिविर संयोजक बिमल पौडेलका अनुसार अमेरिकी बिशेषज्ञ चिकित्सकको टोलीले दिने स्वास्थ्य सेवाबाट इटहरीका वासिन्दाहरु निकै लाभानबित हुनेछन् । तिन दिन सम्म चल्ने शिविरबाट धेरै भन्दा धेरैले सेवा लिन सक्ने पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया