इटहरी । सुनसरीकाे इटहरी स्थित दलित महिला उत्थान मञ्चले बिहीबार जातिय बिभेदबारे एकदिने कानुनि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।इटहरी २० तरहरास्थित रूद्राक्ष पार्टि प्यालेसमा अायाेजित कार्यक्रममा अधिकांस बक्ताहरूले मुलुक २१ अाै शताब्दीमा प्रवेस गरिसकेपनि जातिय छुवाछुत अझै कायमै रहेकाेले यस्काे न्युनिकरणकालागि सरकारले ठाेस पहली कदम चाल्नु पर्ने बताए ।

इटहरी उपमहानगर वार्ड नं २० का वडाध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि मणि श्रेस्ठले अन्य जिल्लाकाे तुलनामा सुनसरीमा दलित महिलाहरू धेरै अग्र स्थानमा रहेकाे त्यसमा पनि इटहरी उपमहानगरलार्इ हेर्ने हाे भने दलित महिलाहरू बिभिन्न सामाजिक संघसंस्थाहरूलार्इ हाक्न सक्ने लिडर भएर अात्मनिर्भर गर्ने त्याे उचाइमा पुगिसकेकाे बताए ।

उनले दलितकाे हकहित सम्बन्धि सरकारले बनाएकाे कानुन प्रभावकारी ढंगले कार्यानवयन नभएकाे कारण समुदाय प्रति अन्याय भइरहेकाे र त्यस्कालागि तल्लाे स्तरदेखि माथिल्लाे निकाय सम्म दबाब शिर्जना गरिनुपर्ने बताए । दलित महिला उत्थान मञ्च इटहरीकी अध्यक्ष सावित्री बिककाे सभापतित्वमा सम्पन्न कार्यक्रममा २० नं वार्डकि निर्वाचित दलित महिला वडा सदस्य कुमारी बिक , मेलमिलाप समिति इटहरीकी संयाेजक राधा घिमिरे , नागरिक समाज इटहरीका दलित सदस्य दिनेस रसाइली , दलित अभियान सुनसरीका अध्यक्ष रामप्रशाद बिक लगायतले दलित हकहित तथा सरकारले परिमार्जित गरेकाे कानुनकाे बिषयमा बाेलेका थिए । उक्त अभिमुखिकरण तथा सचेतना कार्यक्रमलार्इ दलित गैर सरकारी संघका बिनाेद बिकले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया