कृष्ण जुनेली , इटहरी । विश्वमै दुलर्भ वन्दै गइरहेको जँंगली भैसी अर्ना संरक्षणको लागि स्थापित कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा जनावरहरुको अतिक्रमणले अर्ना संरक्षणका लागि चुनौति वन्दै आइरहेको छ ।

अर्ना संरक्षणको लागि वि.स. २०३२ सालमा स्थापित आरक्षको स्थापनाकाल देखि नै घरपालुवा पशुहरुको अतिक्रमण कायम रहेको कारण अर्ना संरक्षणका लागि चुनौति कायमै रहदै आएको हो ।

कोशी टप्पुवन्य जन्तु आरक्षमा पाइने बबुल जातको अर्ना वि.स. २०२०साल अगाडी सम्म चितवनमा पनि अर्ना पाइन्थ्यो भने २०२०सालमा आएर वासस्थान विनास र अर्नासगै मिसिएर चर्ने घरपालुवा भैसीवाट खोरेत रोग सरेर मरेपछि चितवनका अर्ना सदाका लागि लोप हुन पुगका थिए । त्यसैलाई मध्यनजर कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गरी अर्ना संरक्षण गर्न थालिएपनि स्थापना देखिको घरपालुवा जनावरको अतिक्रमण आरक्षमा कायमै रहेको छ ।

घरपालुवा भैसीसंग क्रस गराउने उद्धेश्यले आरक्षमा छोडीएका भैषीहरुको संख्या उल्लेखिय रहेको छ । आरक्ष क्षेत्रमा घरपालुवा भैषीहरुका साथै ठुलो संख्यामा गाइगोरुहरु समेत खुल्ला रुपमा चरिरण गरिरहेको देखिन्छ । घरपालुवा जनावरहरुका कारण कोशी टप्पुका अर्नाहरु संकटमा पर्दै गइरहेको तर्फ मध्यनजर गर्दै आरक्ष प्रशासनले घरपालुवा जनावरहरु आरक्षवाट हटाउन समय समयमा विभिन्न योजनाहरु अघि सार्दै आएपनि घरपालुवा जनावरहरु पुर्ण रुपमा वाहिर निकाल्न नसकिएको आरक्ष समेत स्वीकार गर्दछन । आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह आरक्ष क्षेत्रमा ठुुलो संख्यामा घरपालुवा जनावरहरु चरिचरणका लागि छोडीएको पाइएको वताउछन । आरक्ष स्थापनाकाल देखिनै आरक्षमा घरपालुवा जनावर रहेको र पुर्ण रुपमा हटाउन नसकिएको प्रमुख संरक्षण अधिकृत साह स्वीकारछन । विशेष गरी अर्नासंग क्रस गराएर पाडापाडी निकाल्ने र तिनीहरुको विक्री गर्ने उद्धेश्यले आरक्ष आसपासका क्षेत्रमा नै भैषी गोठहरु संचालन गरीने कार्यले अर्ना संकटमा पर्दै आएको छ । आरक्षका अर्नाहरुसंग क्रस गराउने उद्धेश्यले मध्यवर्ती क्षेत्रमा भैषीहरुको गोठ संचालन गरीएका साथै त्यहां अर्नावाट क्रस भएका भैषीहरु ऋहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया