कृष्ण भट्टराई जुनेली,इटहरी । कुनै समय इटहरीलाई चिनाउने काम गरेको काव्यवाटीका अहिले इटहरी उपमहानगरपालिकाको उपेक्षाका कारण अस्थित्व गुमाउने खतरामा परेको भन्दै सर्जक चिन्तीत वन्न थालेका छन ।

राष्ट्यि तथा अन्तराष्ट्यि कलाकारहरुका कलाकृतिहरु संग्रह गर्ने लक्ष्य सहित २०६१ ,०६२मा निर्माण थालिएको काव्यवाटिका रहेको जग्गा इटहरी उपमहानगरपालिकाले क्यान्सर अस्पताल वनाउन दिन लागेको भन्दै सर्जकहरु चिन्तीत वनेका हुन । पुर्वी नेपालमै मुर्तिकलाको नमुना क्षेत्रका रुपमा निर्माण भई रहेको काव्यवाटिका निर्माणका लागि सरकारी निकायहरुबाट एक करोड भन्दा वढी लगानी भई सकेको काव्यवाटीकाहरु ऋस्थित्व मेटिने गरी क्यान्सर अस्पताललाई दिने कार्य आफुहरुलाई मान्न नहुने स्थानीयले समेत आवाज उठाउन थालेका छन । काव्यवाटीका निर्माणका लागि सरकारी कोष अन्तरगतको जगेडा कोषबाट सुनसरीका तत्कालीन तीनै वटै नगरपालिका इटहरी, इनरुवा तथा धरानले प्राप्त गर्ने २५ ,२५लाख काव्यवाटिका लागि नगरपालिकाहरुले समेत लगानी गरेका थिए । त्यसका अलावा कलाकृतीहरुको संक्षरणका क्षेत्रमा काम गर्ने सरकारी निकाय पुरातत्व विभागले समेत काव्यवाटिकामा कला संग्रालय निर्माणका लागि भन्दै ५लाख रुपौया उपलव्ध गराई यही आर्थिक वर्ष देखि काम थाल्ने गरी बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागका उपसचिव सन्दीप खनाल नेतृत्वको टोली इटहरीमा आएर काव्यवाटीकालाई बजेट निकासा गर्ने जनाएका थिए ।

काव्यवाटिका निर्माणका लागि सरकारी निकायहरुको आर्थिक लगानी र स्थानीयहरुको समेत सहयोगबाट निर्माण भई रहेको कलाकृतिहरुका विषयमा अध्ययन अनुसन्धान गर्ने  केन्द्रका रुपमा विश्वमा चिनाउने उद्धेश्य बोकेर निर्माण थालिएको काव्यवाटीका पछिल्लो समयमा संरक्षणको अभावमा लथालिगं वन्दै गएको थियो । काव्यवाटीकाको संरक्षण हुन पर्छ भन्ने स्थानीयले चिन्ता लिइरहेको समयमा काव्यवाटीका व्यवस्थापन समिति र वडा नम्वर ५ ले यो जग्गामा क्यान्सर अस्पताल वनाउन सहमति दिएकोले अस्पताल निर्माण हुने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिक्रिया दिएकी छन । काव्यवाटीकाका परिकल्पनाकार कलाकार विक्रमश्रीले कला संस्कृतिको क्षेत्रको विकासलाई पनि नगर क्षेत्रको विकासका रुपमा लिएर काव्यवाटिकालाई संरक्षण निर्माण कार्य थालेर क्यान्सर अस्पतालका लागि अन्य ठाँउमा लैजानु पर्नेमा जोड दिन्छ । सर्जक श्री मात्र हैन स्थानीयहरुले समेत काव्यबाटिकालाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै क्यान्सर अस्पताल अन्य ठाउँमा निर्माण गरीनु पर्ने माग राख्दै आएका छन । पुर्वकै एक परिचित पर्यटकीय क्षेत्रको अस्थित्व संकटमा पार्नु नहुने तर्फ जनमत वढ् थालेको छ । दुवै तर्फ बाटो र विचमा सानो चौडाहमा रहेको जग्गा क्यान्सर अस्पताल जस्तो अति संवेदनशील निकायलाई दिनु उपयुक्त नहुने जानकारहरु समेत टिप्पणी गर्दछन ।

तपाईको प्रतिक्रिया