इटहरी । हिन्दु धर्मगुरु श्रीनिवासार्चाय माथि भएको गोली प्रहारको निन्दा गर्दै हिन्दुवादीहरुले सुनसरीको इटहरीमा प्रर्दसन गरेका छन ।

धार्मिक अनुस्ठानका लागि विराटनगरको जतुवामा रहेका धर्मगुरु श्रीनिवासार्चाय माथि आइतवार गोली प्रहार भएको थियो । धर्मगुरु माथि भएको आक्रमणको विरोध गर्दै आक्रमणमा संलग्नहरुलाई कारवाहीको माग राख्दै धर्मगुरु दिनवन्धु शास्त्रीको नेतृत्वमा इटहरीमा प्रर्दसन गरिएको हो । धर्मगुरु माथिको आक्रमणको निन्दा गर्दै निस्कीएको जुलुसमा सहभागीहरुले सन्त मार्न पाइदैन जस्ता नारा लगाएका थिए ।

गोली लागेर घाइते भएका धर्मगुरु श्रीनिवासार्चायको विराटनगर स्थित न्युरो अस्पतलामा उपचार भई रहेको छ । गोली लागेर घाइते भएका निवासार्चाय खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।

तपाईको प्रतिक्रिया