इटहरी । पुर्वी नेपालको प्रख्यात पर्यटकीय क्षेत्र तालतलैयाको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले आयोेजना गरिएको मिनी महोत्सव उद्घाटन समारोहमा पर्यटन प्रवर्धनका क्षेत्रमा योगदान गरेको भन्दै एभिन्युज खबरका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोखरेल सहित ६ जनालाई सम्मान गरेको छ ।
ताललैया क्षेत्रको पर्यटन प्रवधर्नलाई प्राथमिकतामा राखेर काम गर्दै आएको विकास निर्माणकताहरुको सञ्जाल नामक संस्थाको आयोजनामा सुरु भएको  उद्घाटन सत्रमा एभिन्युज खबरका पुर्वाञ्चल प्रमुख पोखरेललाई कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ राम धामीले सम्मान गरेका हुन । त्यसै गरी पत्रकारहरु धनवहादुर पुरी, विराट अनुपम , सन्तोष काफ्ले , शेखर ढकाल र पर्यटन व्यवसायी सुनिल भुसाललाई सम्मान गरिएको हो ।
केही वर्ष देखि पुर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्रको रुपमा विकसीत वन्दै आएको इटहरीमा रहेको तालतलौया क्षेत्रमा देशी तथा छिमेकी मुलुक भारत देखिका पर्यटकहरु आउने गरको छन । तालतलैया क्षेत्रमा अझ बढी पर्यटन प्रवर्घनमा टेवा पुगोस भनेर मिनी महोत्सवको आयोजना गरिएको जानकारी दिइयो । आगामी बैशाख १ गते सम्म सञ्चालन हुनो मिनी महोत्सव विभिन्न स्टलहरु राखिएका छन । मेलाको आकर्षणका रुपमा सांगितीक कार्यक्रम समेत राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
तालतयौया क्षेत्रमा सिमसार सहितको तालतलैयाहरुका साथै जगंल क्षेत्र समेत रहेको छ भने पर्यटन प्रवधर्नका लागि बालउद्यान, जलपरिको यात्रा , घोडचडीको व्यवस्था मिलाउनुका साथै विभिन्न चराचुगींहरुको संरक्षण गरिएको छ । त्यसै गरी तालतलैया क्षेत्रमा विश्वका विभिन्न देशका कलाकारहरुले ढुगांका कुदँेका मुर्तिहरु समेत रहेका छन । तालतलैया क्षेत्रमा विभिन्न प्रजातिको चराचुगींहरु समेत फीरन्ते रुपमा आउने गरेका कारण चराको अवलोकन समेत पर्यटकहरु आउने गरेका छन ।

तपाईको प्रतिक्रिया