नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन गर्ने धार्मिक अगुवा मध्येका एक हुन श्रीनिवास आचार्य । आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन् । सुनसरीको प्रकाशपुर आश्रममा बस्ने आचार्य २०७२ साल साउनमा हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्दै सुरु भएको आन्दोलनमा इटहरीबाट प्रहरीको गिरफ्तारीमा परेका थिए । इटहरीमा दुईसाता सम्म आचार्यकै नेतृत्वमा हिन्दुराष्ट्र माग गर्दै सडक आन्दोलन चलेको थियो ।

इटहरी आन्दोलनमा सकृय भएर लागेका श्रीनिवास पछिल्लो समय धार्मिक जागरण अभियान अन्तरगत विभिन्न क्षेत्रमा पुग्दै आएका थिए । तर उनी आफुलाई सुरक्षा थ्रेट रहेको बेलाबेला सहयोगीहरुलाई भन्ने गरेका थिए । ‘धार्मिक कार्यक्रममा सहभागि भएपनि उहा साझ हुने भजनकिर्तन सहभागि हुनुहुन्न थियो ।’ अभियानकी सदस्य समेत रहेकी सिता कार्की भन्छिन‘ उहालाई बेलाबेला फोनमा धम्कीपनि आउने गरेको थियो ।’

तपाईको प्रतिक्रिया