धार्मिक गुरु  श्रीनिवासाचार्य माथी गोली प्रहार गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  मोरङ प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीका अनुसार अनुसन्धान जारी प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो । उनीहरुले घटना गराएको पुष्टी भए नभएको बारेमा अनुसन्धान थालिएको बताउँदै उनले घटना भए लगतै पुगेको प्रहरी टोली सूक्षम रुपमा अनुसन्धान गरिरहेको जानकारी दिए । आज विहान २ बजे विराटनगर–१४ जतुवामा पूराण बाचन गर्न आएका श्रीनिवास माथी गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको विराटनगर स्थीत न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया