इटहरी । मोरगंको लेटागं स्रोत केन्द्र अन्र्तगत उत्कृष्ठ नतिजा ल्याउदै आएको सामुदायिक विद्यालय लक्ष्मी माध्यमिक विद्यालयलाई प्रविधि मैत्री वनाउन वडा कार्यालयले आठ थान कम्प्युटर उपलव्ध गराएको छ ।

आफनै निजी स्रोतमा अग्रेजी माध्यमबाट समेत पठनपाठन गरेर लेटागं क्षेत्रमै उत्कृष्ठ नतिजा ल्याउदै आएको लक्ष्मी माविलाई वडा नम्वर २ले आठ थान कम्प्युटर उपलव्ध गराएको हो । विद्यालयलाई प्रविधि मैत्री वनाउदै विद्यार्थीहरुलाई दक्ष बनाउने उद्धेश्यले कम्प्युटर उपलव्ध गराइएको साथै विद्यालयका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने वडाध्यक्ष तेजप्रसाद तिम्लसीनाले वताएवडाध्यक्ष तिम्लसीनाले प्रविधिका सामाग्रीहरुको उचित संरक्षण गर्दै सहीरुपमा सदुपयोग गर्न समेत आग्रह गरे । विद्यालयका लागि कम्प्युटर वडा कार्यालयले उपलव्ध गराएपछि कम्प्युटर शिक्षाका लागि सहयोग पुगेको विद्यालयका सहायक प्रधानाध्यापक देवराज सापकोटा वताए । विद्यालयको अवलोकनका क्रममा सिमीत स्रोत साधनका बावजुत पनि लक्ष्मी माविले उत्कृष्ठ नतिजा ल्याउदै आएको भन्दै वडाध्यक्ष, वडा सचिव ,वडा सदस्यहरुले खुलेर प्रशंसा गरेको सहायक प्रअ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया