इटहरी । हराउदै गएको नेपाली मौलिक नाट्य, कला र संस्कृतिलाई प्रवर्धन र जर्गेणा गर्ने उद्धेश्यकासाथ पूर्वाञ्चलकै सबैभन्दा पुरानो नाट्य समुह आरम्भ नाट्य डबली इटहरीमा रंगकर्मि आइपी भट्टराईको नेतृत्वमा ११ कार्य समिति सदस्य गठन गरीएको छ । शनिवार कलाकार एवम मुर्तिकार बिक्रम श्रीद्वारा निर्मित मेट्रिक्स भवनमा आयोजित भेलाले उपाध्यक्ष , सचिव , कोषाध्यक्षमा क्रमश मातृका प्रशाद आचार्य , धर्म घिमिरे , सिर्जना केशीलाई चयन गरेको छ ।

त्यसै गरी भेलाले सदस्यहरूमा दिनेस कोइराला , अशोक श्रेष्ठ , शम्भु कार्कि , शिवचन्द्र चौधरी , बिजय यादव , अशेष तिम्सिनालाृइ चयन गरेको छ । भेलाले सल्लाहाकार मण्डलमा प्रकास सुब्बा , प्रम बास्तोला , लाखमान योञ्जन लगायतलाई सल्लाहाकार मण्डलमा चयन गरेको छ । बिभिन्न सामाजिक परिवेस लगायत अन्य कारणवस पछाडी परेका रंगकर्मीहरूलाई एकै छानामा भेला गराई हराउदै गएको कलाहरूलाई प्रवर्दन गर्ने उद्येश्यका साथ यो भेला आयोजना गरीएको कलाकार बिक्रम श्री ले जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया