इटहरी । सुनसरीको इटहरीमा मावन अधिकारका विषय वस्तु समेटिएका विभिन्न परिवेशका वृत्तचित्र प्रर्दशन गरिएको छ ।

मावन  अधिकार चलचित्र केन्द्र र युवा विकास केन्द्र सुनसरीको संयुक्त आयोजनामा आयोजित वृत्तचित्र प्रर्दशनीमा मानव अधिकारका विविद्य विषयवस्तुहरु समेटीएका वृत्तचित्रहरु प्रर्दशन गरिएका थिए । मानव अधिकार संरक्षणमा टेवा पुग्ने विषयवस्तुहरु समेटीएका कथा रहेका वृत्तचित्रहरु प्रर्दशन गरिएको आयोजक मानव अधिकार चलचित्र केन्द्रकी तारा चाम्लीगंले जानकारी दिइन । मानव अधिकार संरक्षणका क्षेत्रमा टेवा पुगोस भनेर आयोजना गरिएको वृत्तचित्रले मानव अधिकार हनन विरुद्ध जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । वृत्तचित्र प्रर्दशनी कार्यक्रममा प्रदेस सभा सदस्य लिलम बस्नेत , इटहरी क्षेत्रका उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि ,युवा विद्यार्थीहरुको उल्लेखिय सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया