इटहरी । केश श्रृँगारको क्षेत्रमा काम गर्दै आएका महिलाहरुलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्र इटहरीले पुनर ताजकी तालिम प्रदान गरेको छ ।

प्रदेश नम्वर १का विभिन्न जिल्लाका ४० जना महिलाहरुलाई स्वपनिल व्युट्रि पार्लरको सहयकार्यमा आयोजना गरिएको पुनरताजकी समापन  भएको हो । तीन महिने केश श्रृँगार तालिम लिई सकेका महिलाहरुलाई समावेश गरी आयोजना गरिएको तालिमका सहभागीहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरी समापन गरिएको हो । केश श्रृंगार सम्वन्धी तालिममा सहभागी महिलाहरुलाई व्युट्रिसियन विजु श्रेष्ठ लगायतका प्रशिक्षकहरुले केश श्रृंगार देखि लिएर व्यवसाय सञ्चालन सम्वन्धी विषयमा सहजिकरण गरेका थिए । निशुल्क केश श्रृगांर तालिमका सहभागीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना व्यवसायी महासंघ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमीरे, व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका कमलसिंह भट्टराई , गोविन्द्र कृष्ण भट्ट, विजुबैनी श्रेष्ठ लगायतले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमका अतिथीहरुले तालिमका सिकेका कुराहरुलाई व्यवसायीकतामा प्रयोग गरी आत्मनिर्भरता तर्फ लाग्न शुभकामना दिएका थिए । तालिममा सहभागीहरुले समेत तालिम फलदायी भएको भन्दै व्यवसाय गर्न आफुहरुलाई उपयोगी हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया