इटहरी/ नेपाली कलाकारहरु भारतीय चलचित्र तथा गित संगितमा रमाइ रहेको पाइन्छ । तर भारतीय मोडल वांकु तामाङ्ग नेपाली कला क्षेमा प्रवेश गरेकी छन । उनले पछील्लो समय आफैनै नजरवाट वोलको गितमा नेपाली मनिराज तामाङ्ग सँग मस्ती गरेकी छन । प्रेम भावमा आधारीत उक्त म्युजीक भिडीयो मा एक सिटी सफारी चालकले उनलाई मन पराएको देख्न सकिन्छ तर उक्त भिडीयो मानै दैद चरीत्रको रुपमा देखा पर्छीन वांकु तामाङ्ग । यता सिटी सफारी चालक अनेकानेक सपना देख्न थाल्छ तर वांकु भने अर्कौ कलाकार मनिराज संग मस्ती गरेको पाइन्छ । तर भिडीयोको समाप्ती भने वियोगान्त रहेको छ । उक्त म्युजीक भिडीयोले नेपाली समाज र युवती कती सम्पतीको पछी कुद्छन भन्ने पनी देखाउन खोजीएको छ । भोजपुरमा जन्मीएका मनिराज सानै देखी कला क्षेत्रमा रमाउदै आएका उर्जाशिल युवा हुन । कलाक्षेत्रमा राम्रो सम्भावना वोकेका मनिराज अव कलाको माध्यमबाट आफु र भोजपुर जिल्लालाई चिनाउने सोचमा छन । हाल उनी म्युजीक भिडीयो , सर्ट मुभी लगायतमा व्यस्त रहेका छन । यता भारतीय मोडल वांकु तामाङ्ग पनी नेपालमा नै केही गरेर देखाउने र नेपाल मानै आफ्नो पहिचान स्थापित गर्ने सोचमा रहेको बताउछीन । हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया