इटहरी । इटहरी उपमहानगरलाई बालमैत्री अवधारणा र सक्षम उपमहानगरका रुपमा स्थापित गराउन के कस्ता अवधारणा आवश्यक छ भन्ने विषयमा ठोस नीति तथा योजना तयार पार्नका लागि दुई दिने बालमैत्री स्थानीय अवधारणा विषयक कार्यशाला प्रारम्भ गरिएको छ ।
साक्षर जिल्लाका रुपमा घोषणा भई सकेको सु्नसरी जिल्लाको महत्वपूर्ण स्थानीय तहका रुपमा रहेको इटहरीलाई पूर्वकै उच्च मानवीयताको दृष्टिकोणले सम्भ नागरिकहरुको बसोवासयुक्त शहरका रुपमा उभ्याउनका लागि सवै प्रकारका सुविधा एवम प्रणाली प्रयोगमा ल्याउने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो ।
उपमहानगरको आयोजनामा भएको दुई दिने कार्यशालामा महिला तथा बालबालिका कार्यालय, महिला सञ्जालका पदाधिकारी, इटहरी उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरु, नगर बाल सञ्जालका पदाधिकारीहरु र उपमहानगरका वडा अध्यक्षहरु समेतको सहभागिता रहेको छ ।
उक्त कार्यशाला समारोह उद्घाटन समारोहमा उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले कार्यशालाको अध्यक्षतामा भएको कार्यक्रममा सम्वोधन गर्दै इटहरीलाई कसरी सम्य नागरिकहरुको बसोवासयुक्त शहरका रुपमा विकास गर्ने भन्ने विषयमा उप महानगरले ठोस नीति र योजना बनाउने विषयमा अहोरात्र कार्य गरिरहेको बताए ।
कार्यशाला उद्घाटन समारोहमा उपप्रमुख लक्ष्मी गौतमले कार्यशालाका महत्व र औचित्यमाथि प्रकाश पार्दै नगरलाई कसरी बालमै त्री अवधारणाबाट सक्षम सवल एवम बैज्ञानिक शैलीबाट अघि बढाउन सकिन्छ भन्ने विषयमा ठोस नीति बनाउने उद्देश्यले कार्यशाला आयोजना गरेको बताईन ।
कार्यशालामा बालमैत्री अवधारण सम्वन्धि विशेषज्ञ बिष्णुुप्रसाद चौवेले सहजीकरण गरेका छन् भने कार्यशालामा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर अधिकारी एवम अन्य अधिकृतहरुले समेत सहजीकरण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया