भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले जवरजस्ती करणी तथा जवरजस्ती करणी उद्योग अपराध विश्लेषण तथा छलफल कार्यासाला गरेको छ । जिल्लामा रहेका यस्ता घटनाको विषयमा सरोकारवाला निकायलाई जानकारी गराउने तथा यस्ता घटनाको नियन्त्रणमा आमगी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
सहभागी तथा सरोकारवाला निकायहरुसंगको छलफलबाट तीन महिने कार्ययोजना समेत तयार गरिएको छ । कार्ययोजनामा घटना हुन नदिन के गर्ने साथै भईहालेमा कानुनी प्रक्रिया कसरी जान सकिन्छ भन्ने विषयमा योजनाहरु तयार गरिएको छ ।
उक्त कार्यशाला मार्फत जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जियार थारुले जिल्ला भएका यस्ता खालका घटनाहरुको विषयमा जानकारी गराएका थिए । साथै उनले घटना भइ हालेमा कसरी उजुरी दिने साथै कानुनी प्रावधानको विषयमा समेत जानकारी गराए । प्रस्तुती करण राख्दै पञ्जीयारले महिला माथीहुने यस्ता घटना वढी रहेको भए पनि त्यसको अनुसन्धान गर्नको लागि प्रहरी संगठन भित्र नै महिला प्रहरी अधिकृतको संख्या कम भएको अनुसान्धानमा पनि समस्या हुने गरेको वताए । साथै यस्ता खालका घटनाको विषयमा प्रहरीमा पनि न्यून रुपमा मात्र उजुरी आउने गरेको उनको भनाई थियो । कार्यक्रमका सहभागीलेहरुले समाजमा यस्ता खाल घटना हुन नदिन सवैले एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया