इटहरी ,

इन्टीग्रीटी आइडल नेपाल हरेक वर्ष सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीलाई गर्ने सम्मान कार्यक्रम हो ।

पदीय दुरुपयोग गर्नेलाई कारवाही गर्नु मात्र संयन्त्र सुधारको समाधान हैन, सोहि संयन्त्र भित्र रही निष्ठाका साथ् काम गर्ने कर्तव्यनिष्ठ कर्मचारीलाई गरिने नागरिक सम्मान, उनीहरुको कार्यप्रतिको सम्मानका साथै उत्प्रेरणा र उर्जा हुन सक्छ भन्ने विश्ववासका साथ याे कार्यक्रमकाे सुरुवात भएकाे हाे ।

आजको दिनमा सरकारी कर्मचारीलाई सेवाग्राहिले हेर्ने दृष्टिकोण नकारात्मक छ । त्यसको केहि कारण, कर्मचारी संयन्त्रभित्र कार्यरत केहि कर्मचारी हुन सक्छन तर, पुरै संयन्त्र त्यसको भागीदार भईरहेको छ । यही संयन्त्रभित्र केही यस्ता कर्मचारी छन्, जो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा तल्लिन छन् । सोहि नागरिक सम्मानको प्रारूप रुपमा  इन्टीग्रीटी आइडल नेपाल रहेको  इन्टीग्रिटी आइडल कार्यक्रम सँयाेजक अस्मिता शर्माले वताइन् ।

जनताबाट प्राप्त मतका आधारमा सर्बाेत्कृष्ट एकको छनोट गरिनेछ । सर्बाेत्कृष्ट हुने व्यक्तिलाई एक सार्बजनिक कार्यक्रम मार्फत सम्मान गरिनेछ । बहुपक्षीय सहभागिता सहितको एक समारोह बीच सर्बोत्कृष्ट सरकारी कर्मचारीलाई कदर पत्रका साथ् सम्मान गरिनेछ ।

इन्टीग्रीटी आइडल नेपालको बारेमा www.integrityidol.org मा गएर विस्तृत जानकारी पाउन सकिनेछ । साथै नोमिनेसन फर्म पनि यसै वेभसाइटमा गएर भर्न सकिनेछ ।

यो फर्म सम्बन्धित व्यक्तिका साथै अन्य व्यक्तिले पनि इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीहरुको लागि भरिदिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया