इटहरी । पछिल्लो समय इटहरी पुर्वाञ्चलको व्यापारिक केन्द«बिन्दु बन्दै गएपछि भिडभाड बढेको कारण पार्कींगको समस्या बन्दै गएको छ । शहरको सुन्दरतालाई बडाउन मुख्य भुमिका रहने पार्किग नभएको कारण इटहरी उपमहानगरपालीका क्षेत्रमा समस्या बन्दै गएको हो ।

इटहरी उपमहानगरपालीका, उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी, नागरिक समाज लगायत अन्य संघसस्थाहरुको अगुवाईमा इटहरीलाइृ हरित तथा सुन्दर बनाउने अभियान संचालन भएको भएपनि त्यसको कार्यन्वयनमा जटिलता देखिएको छ । तत्कालिन ईटहरी नगरपालिका रहेको बेला ९ वटा वडा रहेको थियो । अहिले स्थानिय पुर्नसंरचना अनुसार बिस्तार भएको इटहरी उपमहानगरपालीकामा बिश वटा वडा रहेका छन् । इटहरीको क्षेत्रफलमा बिस्तार भएपनि बजार क्षेत्रमा रहेको पार्किगको समस्या जस्ताको त्यस्तै रहको सर्वसाधरणको भनाई रहेको छ ।
करिब तिन लाख बढी जनसंख्या रहेको इटहरी उपमहानगरपालिका पुर्वका मुख्य जिल्लाहरु भोजपुर,तेह्रथुम,संखुवासभा,इलाम  लगायतका जिल्लाहरुको केन्द« रहेको छ भने हिमाली जिल्ला सोलुखुम्बुका लागी पनि पायक पर्ने हुदाँ इटहरी उपमहानगरपालिका क्षेत्रमा भिडभाड बढेको हो । बिभिन्न जिल्लाबाट शिक्षा, स्वाथ्य,रोजगार र व्यापारको लागी इटहरीलाई केन्द« बनाउने हुदाँ यस क्षेत्रमा निजि तथा सरकारी सवारी साधनको बृद्धि हुन थालेको छ । इटहरी उपमहानगरपालीकाले पार्किगको व्यवस्थापनको लागी पुराना रुखलाई मासेर नयाँ बिरुवा लगाउन थालेको उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताए ।

सडकका किनारमा रहेका पुराना रुखहरुको कारण ठाउँ ओगटेको भन्दै रुखलाई काटेर नयाँ बिरुवा बृक्षारोपण कार्यक्रमलाई अगाढी बडाएको इटहरी उपमहानगरपालीका, नागरिक समाज, उद्योग वाणीज्य संघ लगायतले सहभागीता जनाएका छन् ।

तपाईको प्रतिक्रिया