काठमाडौं । चर्तित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी पत्नी यशोदा श्रेष्ठको उपचारको क्रममा सोमबार राति हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । पत्नी गुमाउँदा दुनियाँ हसाउँदै हिड्ने मदनकृष्णलाई ठूलो बज्रपात परेको छ ।

श्रीमतीको लामो आयूको लागि मदनकृष्ण पाँच वर्षदेखि व्रत बस्दैः
आफ्नो जीवनसाथी गुमाउँदाको पीडा मदनकृष्ण र हरिवंशलाई थाहा होला । या त यस्तै आफ्नो जीवन साथि गुमाएकाहरुलाई पीडाको अनुभूति होला । देश दुनियाँलाई हसाउँदै आएका मदनकृष्णलाई परेको यस्तो पीडामा सबै शोकमग्न बनेका छन् ।

मदनकृष्ण एक यस्ता श्रीमान हुन् । श्रीमानको आयु बढ्छ भन्ने जनविश्वासका आधारमा श्रीमतीहरुले पानीसम्म नखाई व्रत बस्ने गर्दछन् । तर मदनकृष्ण भने श्रीमतीको लामो आयूको कामना गर्दै विगत ५६ वर्षदेखि ब्रत बस्दै आएका थिए ।

मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ मा उल्लेख गरिएअनुसार उनी क्यान्सर पीडित श्रीमतीको दिर्घायुको कामना गर्दै ब्रत बस्दै आएका हुन् । उनले भनेका थिए, ‘म त श्रीमतीको आयु बढाउन पाँच वर्षदेखि लगातार व्रत बस्दै आएको छु ।’

पाँच वर्षदेखि श्रीमतीको आयु बचाउन मदनकृष्ण व्रत बस्दै आएपनि दैवका अगाडि केही चल्न सकेन् । अन्ततः क्यान्सर पीडित यशोदा भगवानको प्यारो बनिन् ।

तपाईको प्रतिक्रिया