सनराइज बैंक लिमिटेड ईटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बीमा र अन्य इलेक्ट्रोनिक बैंकिङ्ग सुविधा सम्बन्धी जानकारी तथा छलफल कार्यक्रम गरेको छ। बैकले ईटहरी–१२, खनार स्थित रेडक्रस भवनको सभाहलमा कार्यक्रम गरेको हो।

बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँ नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने कार्यक्रममा जानकारी गराइएको छ।

ग्राहकहरुले खाता खोलेको पहिलो दिनदेखिनै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरिएको बैकले जनाएको छ। सम्झौतासँगै बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य बिमा सुविधा पाउने भएका छन्। ग्राहकको स्वास्थ्य बिमाका लागी बैकले शिखर ईन्सोरेन्स कम्पनीसँग सम्झौता गरेको छ। स्वास्थ्य बिमा रकम दावि गरेको ७ दिन भित्र पाउने व्यवस्था समेत गरिएको बैँकले कार्यक्रममा जानकारी दिएको छ।

कार्यक्रममा ईटहरी शाखाका शाखा प्रबन्धक यादव खतिवडाले र ईटहरी शाखाका सम्बन्ध प्रबन्धक शम्भु प्रसाद पराजुलीले स्वास्थ्य तथा दुर्घटना बीमा र त्यसै शाखामा कार्यरत कर्मचारीहरु पंकज कुमार झाले ईलेक्ट्रोनिक बैकिङ सेवाका बारेमा तथा श्री रंगलाल पहाडीले लघु व्यवसाय कर्जा तथा कृषी कर्जाका बारेमा जानकारी गराउनुभयो। यस्तै केन्द्रिय कार्यलयका प्रतिनिधीद्वय संज्ञा श्रेष्ठ र रोजिना न्यौपानेले उपस्थित ग्राहकहरुमा सहजिकरण गर्नुभएको थियो।

कार्यक्रममा करिव १४५ जनाभन्दा बढी जना उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, विभिन्न सघं संस्थाका प्रतिनिधी, पत्रकार, ग्राहक लगायत स्थानीयहरुको उत्साह जनक सहभागिता थियो।

सनराइज बैकले स्थापना काल देखिनै प्रत्येक बचत ग्राहकहरुका लागी सामुहिक दुर्घटना बिमा सुविधा प्रदान गर्दै आएको छ। यस सुविधा अन्र्तरगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा पाँचलाखमा नबढ्ने गरि बचत खातामा रहेको मौजातको ४ गुणा सम्म दावि गर्न सकिने बैँकले जनाएको छ।

हरेक बचत खाताका बचतकर्ताहरुलाई डवल सुरक्षा भन्ने नाराका साथ सनराइज बैकले दुर्घटना बिमाका साथ साथै स्वास्थ्य विमा पनि दिन लागेको बैकका ईटहरी शाखा प्रबन्धकले जानकारी गराउनुभयो । सुविधा सम्बन्धी थप जानकारीका लागी सनराइज बैकको नजिकै रहेको शाखाहरुमा गएर बुझ्न सकिने बैँकले जनाएको छ।

तपाईको प्रतिक्रिया