इटहरी । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सानिमा बचत तथा ऋण सहकारी संस्थाद्धारा तालिमको समापन तथा निःशुल्क रगत परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सेयर सदस्य मध्ये २२ जना महिलाहरुलाई क्रिष्टल माला निमार्ण सम्बन्धी दिएको तालिमबाट महिलाहरु लाई आत्मनिर्भर बनाउने उद्धेश्यले सानिमा बचत तथा ऋण सहकारी संस्थाले तालिमको आयोजना गरेको हो । समापन कार्यक्रममा प्रमाण पत्र तथा पहिलो,दास्रो र तेस्रो हुने लाई कार्यक्रका प्रमुख अतिथी प्रदेशसभाका सभासद लिलम बस्नेतले पुरस्कार बितरण गरेका थिए ।

शिविर बि एण्ड सी डाईनेगष्टिक सेन्टरको प्राविधिक सहयोगमा युरिकेएसिड, सुगर, युरिया,युरिन आर ई लगायतका बिभिन्न रगतबाट सक्रमण हुने रोगका लागी निःशुल्क स्वाथ्य शिविरको आयोजना समेत गरेको छ ।
चार सय पैसठ् िजना सदस्यहरु रहेको उत्त सहकारीका सदस्यहरुलाई निशुल्क स्वाथ्य शिविरको आयोजना गरिएको सहकारीका अध्यक्ष जितेन्द« बस्नेतले बताए । स्वथ्य शिविरबाट करिब दुई सय जनाले सेवा लिएको बि एण्ड सीका सिनियर टेक्नोलोजिष्ट डा.दिलेन्द« देवले बताए । देवका अनुसार प्रतिव्यक्ति सोह्र सय पँचास बराबरको निःशुल्क उपचार पाउने बताएका छन् ।

सहकारी बित्तिय सस्था भएको भए पनि समाजिक रुपले पनि प्रस्तुति हुदै बिभिन्न क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउने पनि मुख्य उद्धेश्य रहेको अध्यक्ष बस्नेतले बताए । कार्यक्रममा प्रदेशसभाका सभासद लिलम बस्नेत,उद्योग वाणिज्यसंघका कार्यवाहक अध्यक्ष शैलेस बिष्ट,गंगा दाहाल लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया