लेटागं । मोरगंको लेटागं क्षेत्रका सामुदायिक विद्यालयहरु मध्ये अव्वल नतिजा ल्याउदै आएको भएपनि लक्ष्मी माध्यमिक विद्यालयमा आवश्यकता अनुसार शिक्षक दरवन्दी नहुँदा पठनपाठनमा समस्या हुदै आएको गुनासो गरिएको छ ।

चार दसक अघि स्थापित लेटागं नगरपालिका वडा नम्वर २फडानीमा रहेको लक्ष्मी मा वि मा २२वटा कक्षा रहेका भएपनि विद्यालयमा कार्यरत ११ जना मात्र शिक्षक रहेकाले पठनपाठनमा समस्या हुदँै आएको गुनासो गरेरिएको हो ।

लेटागँ स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुमा प्रवेशिका परिक्षामा एक वर्ष बाहेक २०६५साल यता देखि प्रथम स्थान ओगट्दै आएको लक्ष्मी मा वि मा शिक्षक अभाव हुँदा पठनपाठन समेत समस्या हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद न्यौपाने गुनासो गर्दछन । केही वर्ष यता देखि अग्रेजी माध्यमबाट समेत पठनपाठन गराउदै आएको विद्यालय सञ्चालनका लागि अभिभावकहरुको चन्दा सहयोगबाट विद्यालय सञ्चालन गर्नु परिरहेको प्रधानाध्यापक राजेन्द्र खतिवडाले जानकारी दिए । शिक्षक संख्या अभावका कारण विद्यालयले निजी क्षेत्रबाट तलव उपलव्ध गराउने गरी केही शिक्षकहरु राखेर पठनपाठन गरिदै आएकाले चन्दा सहयोगबाट शिक्षकहरुलाई तलव खुवाउनु परिरहेको प्रअ खतिवडाले जानकारी दिए । विद्यालयले सरोकारवाला निकायसंग शिक्षक दरवन्दी माग गर्दै आएपनि कतैबाट पनि सुनुवाई नभएको विद्यालयका प्रअ तथा अध्यक्षले गुनासो गरे ।

लेटागंकै सामुदायिक विद्यालयमा सवै भन्दा राम्रो नजिता ल्याउदै आएको सो विद्यालयमा कक्षा कोठा समेत अभाव रहेको विद्यालयका सहायक प्रधानाध्यापक देवराज सापकोटाले जानकारी दिए । कक्षा कोठा अभाव भएका कारण तीन अलगअगल समयमा कक्षा सञ्चालन गर्नु परि रहेको समेत उनले वताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि २२ वटा कक्षा हुनु पर्नेमा १३ वटा मात्र कक्षा कोठा भएको कारण एकै समयमा पठनपाठन गर्न नसकिएको कारण तीनअगलअगल समय पारेर अध्ययन अध्यापन गरिदै आएको वताइएको छ ।

तपाईको प्रतिक्रिया