इटहरी । नेपाली साहित्यका धरोहर जीवि लुगुनको  निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित लुगुनको मंगलबार विहान दश बजे आफ्नै निवास इटहरी ४ मा निधन भएको हो ।

कलाको जन्म कल्पनामा हुन्छ, देख्नेलाई कला जहितहीँ हुन्छ ।

नदेख्नेलाई कहि पनि छैन, यो मेरो कल्पनाको संसारमा ।

पागल सपनाहरुलाई दोबाटोमा दाहसंस्कार नै पो गरिदिँउ जस्तो लाग्दैछ ।

कल्पना गरेर हावामा टेक्दै कति शिखर चढ्नु ।

यी कविताका हरफहरु मात्रै हैन यस्ता सयौँ कविताका सृजना गरिसकेका लुगुनको दर्जन बढी संग्रहहरु प्रकाशित रहेका छन् । उनको ९० बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकाे छ ।उनले आफ्नै निवासमा लुगुन साहित्य प्रतिष्ठानको समेत स्थापना गरेका थिए । साहित्यको उत्थान र प्रर्बद्धन गर्नका लागी उक्त प्रतिष्ठान स्थापना भएको हो ।लुगुनको दुई छोरा रहेका छन् भने उनको पार्थिव शरीरलाई मंगलबार तिन बजे अन्तिम संस्कार गर्ने कार्यक्रम राखिएको पारिवारिक स्रताले जानकारी दिएको छ ।

source- purbelinews

तपाईको प्रतिक्रिया