इटहरी  ।  गत साउनको अन्तिम साता आएको बाढीबाट पिडित बनेका इटहरी वडा ३ सुनौलो बस्तीका बाढीपिडितहरुलाई नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा सफा सुनौलो नेपाल नामक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ ।
कुल ७६ घर परिवार रहेको उक्त टोलमा बाढीबाट पिडित बनेकाहरुलाई सोहि स्थानमा पुर्नस्थापना गराइ सकेपछी  शौचालयको आवश्यत्तालाई महशुस गर्दै तरुणदल सुनसरीको पहलमा उक्त शौचालय निमार्ण गरिएको हो ।
बुडिखोलाको किनारमा रहको इटहरी उपमहानगर पलिका स्थित वडा नं. ३ को सुनौलो बस्तिमा गत साउनको अन्तिम साता आएको बाढिबाट बिस्थापितहरु लाई  तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत तरुण युवाहरुले बाढिको समयमा पनि पिडितहरुलाई लत्ता,कपडा,स्वास्थ्य शिविर तथा खानाको व्यवस्था गरि उद्धार कार्यमा पनि संलग्न भएको र त्यस समयमा यस स्थानमा शौचालयको आवश्यत्ता रहेको महशुस गरि शौचालय निमार्णको व्यवस्था गरिदिएको अध्यक्ष गुरुङले बताए ।
सफा सुनौलो नेपालले जापानको लिटर डे च्यारिटि नामक सस्थासंगको सहकार्यमा बिभिन्न आगलागी,बाढिपिडित लगायतका प्राकृतिक प्रकोपका क्षेत्रमा कामगर्दै आएको र त्सस्ता क्षेत्रमा आफ्नो योगदान दिन पाउदा शुखि रहेको लिटर डे का प्रतिनिधि थोमसले बताए ।
धेरै मात्रामा बाढिबाट पिडित भएका पिडितहरु यस्तो सहयोगले खुसि भएको र आगामी दिनमा वडाकार्यालयको तर्फबाट पनि अझ सहयोग गर्ने वडाध्यक्ष बालकृष्ण बिष्टले बताए ।

तपाईको प्रतिक्रिया