कृष्ण भट्टराई जुनेली

अधेँरी रातको समय थियो । सवै निन्द्रादेवीको काखमा रमाइरहेका  थिए । सुनसान रातमा कोही एक्लै बर्वराउदैँ हाम्रो गाँउमा धेरै पल्ट घुमी रह ेकोआभाष भैरहेको थियो । त्यो तिखो आवाज कानमा परेपछि निन्द्रावाटव्युझिएर ऊ नजिक जान हामी विवश भयौं । यसो हेर्दा ऊ महान साहित्यकार जस्तो लाग्छ । उसका चुस्स तथा अनियन्त्रीत दाह्रीदेख्दा कता कता जर्ज बर्नाट शाँको याद दिलाईरहेको थियो । यसरी लामो समय सम्म हाम्रै गाउँमा आफुलाई सामेल गरिरहेको त्यो अपरिचीत मान्छेलाई मध्यरातमा देख्दा गाउँलेहरुको मनमा शंका उपशंका पैदा हुनु स्वभाविकै थियो । त्यसैको निराकरणको लागि हामीहरु ऊ नजिकै पुग्यौं । त्यो समय पनि ऊनिकै आदर्शवादी शब्द लहरीहरुमा “लोकतन्त्रको विकल्प छैन तर हाम्रो देशकोलोकतन्त्र नेतामुखी भएको छ । त्यसैले जनता र राष्ट्रको उन्नती हुन सकेको छैन…….” यस्तै भन्दै पुत्रशोक परेझै गरी भक्कानिदै नेपालको चित्रणगरिरहेको थियो ।  त्यो सुनेर हामी मध्येका धेरैले भन्यौं कसैलाईनलागेको देशको माया यो जडियालाई लागेछ । हामीले जडिया भनेर गालीगरेको सुनेर उ पुनः भट्भटाउन थाल्यो— कसैले टनकपुर, कसैले गण्डकी, कसैले अरुण खाए । यसमा कसैलाई चिन्ता छै्रन । तर मैले एक बोतल भोड्का र एक बोतल बियर खाँदा सबैले किन टाउको दुखाउने ?यत्तिकैमा समयले कोल्टो फे¥यो, सानु भाई, सानु भाई भनि ममिलेवोलाएको आवाज सुनेर के आँखा खोलेको मात्र थिए झ्यालबाट घाम भित्रपसिसकेको रहेछ

तपाईको प्रतिक्रिया