चन्दन रौनियार बिराटनगर चैत्र १८/बिराटनगरस्थित शितल धर्मशालामा शनिबार भएको अन्तराष्ट्रिय प्रेस क्लब भेलाले हिरालाल साहको अध्यक्षतामा १९ सदस्य समिति गठन गरेको छ। शनिबार गठित समितिको उपाध्यक्षमा मोरङ्गका कौशल निरौला र सिरहाका गणेश कुमार ठाकुर हुनुहुन्छ। यसैगरी महासचिवमा मोरङ्गका पदम सरदार, उपमहासचिवमा सुनसरीका चन्दन रौनियार, सचिवमा झापाका नितेष चौधरी, सहसचिवमा बाराका अनिल वर्मा, कोषाध्यक्षमा धनुषाका पारसमणी ठाकुर, यस्तै सहकोषाध्यक्षमा मोरङ्गकी शुशिला पाठक हुनुहुन्छ। यस्तै सदस्यहरुमा मोरङका भोजराज घिमिरे, राज तिलक, पिंकी मेहता, अनुज सापकोटा, मुकेश यादब, उषा सरदार, पवन साह, बाबुराम मुडियारी र झापाका बिकाश चन्द्र राजवंशी हुनुहुन्छ।क्लवको सल्लाहकार समितिमा अन्नत अनुराग, सुर्यनरायण यादब, कुमोद अधिकारी किशोर गुरु, श्यामसुन्दर सुतिहार हुनुहुन्छ। क्लबले राष्ट्रिय अखण्डता र आपसी भाईचारा, सामाजिक सद्भाव कायम राख्न र अन्तराष्ट्रिय जगतमा संस्थालाई बिस्तार गरी गरिब, निमुखा, असहाय, असक्त र उत्पिडनमा परेका जनआवाजलाई उठाइ सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने जनाएको छ। क्लवले धर्म, जातीय,निरपेक्ष राजनीतिक, सम्प्रदाय, क्षेत्र, दलगत भावनाबाट उठेर पत्रकारहरुको हकहितमा कल्याणकारी योजना, समुह बिमा, सर्वशुलम शिक्षाको व्यवस्था, प्रशिक्षण केन्द्रको स्थापना, राम्रो काम गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने, खोजअनुसन्धानमुलक कार्य गर्ने, मानव अधिकार, उपभोक्ता अधिकार सहित संवैधानिक अधिकार प्रति जनतालाई जागरुक गराउने उद्देश्यले गठन गरिएको आईतबार नेपाल पत्रकार महासंघ मोरङ्गको बिराटनगरस्थित सभाहलमा पत्रकार सम्मेलन गरी क्लवले जानकारी दिएको छ। भेलामा एक नम्वर प्रदेश र दुई नम्वर प्रदेशका सञ्चारकर्मीहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया