इटहरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ६मा गहुँ थ्रेशर गर्ने क्रममा आगलागी हुदाँ १४ घर जल्दा ३५लाख भन्दा वढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

कोशी गाउँपालिका वडा नम्वर ६ साविक श्रीपुर जक्दी १को यादव वस्तीका जगदिश महत्मानको घरमा गुहँ थेशर गर्ने क्रममा आगलागी भई आगो फैलदा वस्तीका १६ घर जलेर नष्ट हुदाँ ३५लाख बढी क्षति भएको अनुमान गरिएको हो । लागलागीबाट स्थानीय साधुलाल महत्मान, ललन यादव, मधु महत्मान, देवकृष्ण महत्मान, पुनम महत्मान, रामकृष्ण महत्मान ,संजय महत्मान, उर्मिला यादव ,सन्तोष यादव लगायतको घर जलेर नोक्सानी भएको हो । आगलागीका कारण खाध्ययन ,लताकपडा साथै घरमा भएका सामानहरु जलेर नष्ट हुँदा ३५लाख भन्दा वढीको नोक्सानी भएको प्रारम्भीक अनुमान गरिएको कोशी गाउपालिका ६का वडाध्यक्ष इनद्रदेव यादवले जानकारी दिए । आगलागी नियन्त्रणका लागि इनरुवा, इटहरी तथा भारतको सुपौलको गरी तीन बटा बारुण यन्त्र , स्थाानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । हावाहुरी चलेको समय र चर्काे घाम लागेका कारण समेत आगो नियन्त्रणका लागि समय लागेको समेत वताइएको छ । आगलागी पिडितहरुलाई प्रारम्भीक राहत वितरणको तयारी भई रहेका नेपाल रेडक्रस सोसाइटी प्रकासपुरका अध्यक्ष रविन घिमीरे जानकारी दिएका छन ।तिन हप्ता अघि पनि सुनसरीको बराहक्षेत्र नगरपालिका ११ सुकुम्वासी वस्तीमा आगलागी हुदाँ धनसम्पतीको नोक्सानी भएको थियो ।

तपाईको प्रतिक्रिया