इटहरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ६मा गहुँ थ्रेशर गर्ने क्रममा आगलागी हुदाँ १४ घर जल्दा ३५लाख भन्दा वढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

कोशी गाउँपालिका वडा नम्वर ६ साविक श्रीपुर जक्दी १को यादव वस्तीका जगदिश महत्मानको घरमा गुहँ थेशर गर्ने क्रममा आगलागी भई आगो फैलदा वस्तीका १६ घर जलेर नष्ट हुदाँ ३५लाख बढी क्षति भएको अनुमान गरिएको हो । लागलागीबाट स्थानीय साधुलाल महत्मान, ललन यादव, मधु महत्मान, देवकृष्ण महत्मान, पुनम महत्मान, रामकृष्ण महत्मान ,संजय महत्मान, उर्मिला यादव ,सन्तोष यादव लगायतको घर जलेर नोक्सानी भएको हो । आगलागीका कारण खाध्यन्न ,लताकपडा साथै घरमा भएका सामानहरु जलेर नष्ट हुँदा ३५लाख भन्दा वढीको नोक्सानी भएको प्रारम्भीक अनुमान गरिएको कोशी गाउपालिका ६का वडाअध्यक्ष इनद्रदेव यादवले जानकारी दिए । आगलागी नियन्त्रणका लागि इनरुवा, इटहरी तथा भारतको सुपौलको गरी तीन बटा बारुण यन्त्र , स्थाानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । हावाहुरी चलेको समय र चर्काे घाम लागेका कारण समेत आगो नियन्त्रणका लागि समय लागेको समेत वताइएको छ । आगलागी पिडितहरुलाई प्रारम्भीक राहत वितरणको तयारी भई रहेको नेपाल रेडक्रस सोसाइटी प्रकासपुरका अध्यक्ष रविन घिमीरे जानकारी दिएका छन । तिन हप्ता अघि पनि सुनसरीको बराहक्षेत्र नगरपालिका ११ सुकुम्वासी वस्तीमा आगलागी हुदाँ धनसम्पतीको नोक्सानी भएको थियो ।

तपाईको प्रतिक्रिया