सन्तोष न्यौपाने
झापा । हात्ती भगाउन घर वरिपरी बिछ्याएको बिजुलीको नाङ्गो तारमा परेर शनिबार झापाको हल्दिबारीमा एक महिलाको ज्यान गएको छ । हल्दिबारी गाँउपालिका–३, आँपगाछी टोलकी ६० वर्षीया छबीमायाँ खड्काको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै बारीमा मकै गोड्ने क्रममा उनलाई हात र छातिमा करेन्ट लागेको प्रहरीले जनाएको छ । हात्ती भगाउन बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने गरिएको थियो । शनिबार बिहान लाइन काट्न बिर्सदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
हात्ती भगाउन घर वरिपरि विछ्याएको बिजुलीको नाङ्गो तारमा छुँदा उनको मृत्यु भएको हो । आफ्नै बारीमा मकै गोड्ने क्रममा उनलाई हात र छातीमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर उनको घटना स्थलमै मृत्यु भएको हो । हात्तीले दुःख दिन थालेपछि उनीहरु आफैले आफ्नो घर बरीपरि करेन्ट विछ्र्याएको बताइएको छ ।

तपाईको प्रतिक्रिया