इटहरी । भगवान बुद्धको जन्म स्थान र देशको विषयमा बिश्वमा भ्रम फैल्याई रहदाँ बुद्ध धर्मको बाहुल्यता रहेको थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरट भने बुद्ध नेपालमा जन्मेको बिषयमा जानकार रहेको बताएका छन् । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको एभिन्युजकर्मीको टोलीले राजधानी बैकंक स्थित पर्यटन मन्त्रालयमा मन्त्री कोवसुरट संग भेटघाट गर्ने क्रममा यस्तो बताएका हुन । बुद्ध धर्मको प्रचार प्रसारको लागि थाईल्याण्डमा जुन २६ मा अन्तराष्ट्रिय बुिद्धष्ट पर्यटन सम्मेलन हुने र सो सम्मेलनमा बिश्वका बीस वटा राष्ट्रको पर्यटनमन्त्रीहरुसमेतको सहभागिता रहने थाईल्याण्डस्थित पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
बुद्ध धर्मको अबलम्बन गर्ने बिश्वका बिभिन्न देशहरुलाई नेपालमा गौतम बुद्धको जन्म भएको जानकारी नभएको र त्यसको प्रचार प्रसारमा नेपाल सरकारको कमजोरी रहेको कारण बुद्धको जन्मस्थल सम्बन्धी भ्रम भएको देखिन्छ । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको टोलीसंगको भेटघाटको क्रममा थाईल्याण्डको पर्यटन क्षेत्रमा हासिल गरेको उपलब्धिको बारेमा मन्त्री कोवसुरटले छलफल गरेका हुन् । मन्त्री कोवसुरटले थाईलेण्डमा भएको पर्यटन बिकासको बारे जानकारी दिदै नेपालमा पनि राम्रो सम्भावना भएको बताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निरन्तर सफलता प्राप्त गरिरहेको थाईल्याण्डको अनुभवबाट नेपालले पनि सिक्न बिश्वास व्यत्त गरेका छन् ।
मन्त्री कोवसुरटले पर्यटन क्षेत्रमा थाईलेण्डले मारेको फड्को बारे जानकारी दिदै पर्यटन बिकासका लागी सरकारले मात्र नभएर स्थानिय जनताको पनि ठुलो भुमिका रहने बताए । मन्त्री कोवसुरटले पर्यटन प्रर्वद्धनमा भौतिक संरचनाका साथै होटल व्यवसायीक क्षेत्रमा पनि ठुलो लगानि गर्नु पर्ने बताए ।
बिकासउन्मुख राष्ट्रको रुपमा रहेको थाईल्याण्डले पर्यटन क्षेत्रमा गरेको बिकासमा थाई सरकार सन्तुष्टि रहेको मन्त्री कोवसुरटले बताए । नेपालको सन्र्दभमा पत्रकार टोलीसंग कुरा गर्दै मन्त्री कोवसुरटले पर्यटनको राम्रो सँभावना भएकाले नेपाल सरकारले भौतिक तथा पर्यटन आकर्षण गर्न नायाँ शैलि अपनाए बिकास टाडा नभएको बताए । सो अवसरमा एभिन्युज टेलिभिजनका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलले पर्यटन प्रर्वद्धनको राम्रो सम्भावना बोकेको नेपालले पनि पछिल्लो समय पर्यटन बिकासमा गति लिएको बताए । पोखे्रलले नेपाल र थाईल्याण्ड बिच रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउदै दुबै देशको पर्यटन बिकासमा अगाडि बढन सकिने जानकारी गराए ।
थाईल्याण्ड भ्रमणको क्रममा रहेको नेपाली पत्रकार टोलीलाई मन्त्रालयका अन्तराष्ट्रिय विभाग प्रमुख चान्चीले स्वागत गर्नु भएको थियो । सो टोलीले पर्यटन मन्त्री कोवसुरटलाई टोलीको तर्फबाट रुद्राक्ष माला लगाउनुका साथै बिर गोर्खालीको प्रतिक भोजपुरे खुकुरी उपहार प्रदान गरेका थिए । सो क्रममा पर्यटन मन्त्री कोवसुरटले मन्त्रालयको तर्फबाट पत्रकारको टोली प्रमुख सचिन पोखे्रललाई मायाको चिनो प्रदान गरेका छन् ।
पत्रकार टोलीले थाईल्याण्डका बरिष्ठ पर्यटन व्यवसायी अजय पाण्डेलाई समेत भेटेर नेपाल र थाइल्याण्डबीचको पर्यटन बिकासको बारेमा छलफल गरेको थियो ।
एभिन्युज टेलिभिजन पुर्वाञ्चल ब्युरो कार्यालयले संयोजन गरेको एक साता व्यापी भ्रमण भ्रमण टोलीमा ब्युरो प्रमुख पोख्रेल संहित एभिन्युजकर्मीहरु बैद्यनाथ यादब, नबिन पाण्डे र प्रतिक श्रेष्ठका साथै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले सहभागी रहेका थिए । टोली आज नेपाल फर्कीदै छ ।

तपाईको प्रतिक्रिया